१३ फागुन, काठमाडौं ।
गत आईतबार काठमाडौंको बसन्तपुरमा ट्युसन पढ्न गएका दुई छात्रामाथि एसिड आक्रमण गर्ने युवाको हुलिया प्रहरीले सार्वजनिक गरेको छ ।
प्रहरीले तयार पारेको स्केच बुधबार सार्वजनिक गर्दै स्थानीय तथा आसपासका अन्य व्यक्तिको बयान र पीडितले दिएको जानकारीका आधारमा आक्रमणकारिको स्केच बनाएर खोजी तीव्र पारेको जनाएको छ ।
प्रहरीले अभियुक्तको स्केच न्यूज २४ टेलिभिजन मार्फत सार्वजनिक गरेको हो । स्केच अनुसार शंकास्पद केहीमाथि निगरानी गरिरहेको जनाएको छ । घटनाको तीन दिनपछि प्रहरीले प्रत्यक्षदर्शीले दिएको जानकारी आधारमा स्केच तयार पारेको हो।
पीडित विद्यार्थी र ट्युसन सेन्टर नजिकैका स्थानीयसँगको छलफल र बयानका आधारमा प्रहरीले बनाएको स्केचमा सम्भावित आक्रमणकारी मंगोलियन अनुहारको छ । आक्रमणकारीले लगाएको कपडाको रंग, हिँडाइ र कुँदाइका आधारमा केही शंकास्पद व्यक्तिमाथि निगरानी बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीले यो घटनामा प्रेमसम्बन्ध, साथीहरुबीच झैंझगडा वा मनमुटाब, पारिवारिक रिसइबी र परिवारबाहेकका अन्य व्यक्तिसँगको रिसइबीजस्ता विषयमा केन्द्रीत भएर अनुसन्धान गरिरहेको जनाएको छ ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.