शनिबार, फाल्गुण १६,
एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले हात्ती दुव्लाएर मुसो नहुने कडा टिप्पणी गरेका छन् । राजधानीमा बिहीबार आयोजित ३० दलीय मोर्चाको जनसभामा आफूहरूको संख्या कमजोर भयो भनेर बलमिच्याईं गरेर कांग्रेस एमाले अघि बढेको भन्दै उनले उनीहरूलाई जनमतको घमण्ड नदेखाउन चुनौती दिए ।
‘हात्ति दुव्लाएर मुसो हुँदैन, बाघ दुव्लाएर विरालो बन्दैन दुई तिहाईको घमण्ड देखाउने ले देखुन्’ उनले भने ‘फेरि हामी बाघ भएर आएका छौँ ।’ उनले बाघ बुढो भए पनि घाँस नखाने भन्दै जनताको मुक्ति नभए सम्म आन्दोलन जारी राख्ने बताएका छन् । उनले विशेष गरेर सहरीया मध्यम बर्गले आफूलाई सामाजिक सञ्जालमा ‘विकासका लागि लाग’ भनेर टिप्पणी गरेको भन्दै उनले राजनीति आन्दोलन पुरा नभएसम्म आर्थिक परिवर्तनले गति नलिने बताए ।
विशेष गरेर ट्विटर र फेसवुक पुस्ताप्रति आक्रमक देखिएका उनले कांग्रेस एमालेका कारण अव ५० वर्ष सम्म पनि लड्नु पर्ने दिन आउन सक्ने बताए । त्यसैले आन्दोलन मार्फत कहिल्यै लड्न नपर्ने गरी संविधान निर्माण गर्न लागिएको उनको भनाई थियो ।
कांग्रेस एमालेले रंग नदेख्ने रोग लागेको भन्दै इन्द्रधनुष जस्तो देशमा केही जातीको बाहुल्यता हुने किसिमको संविधान कुनै हालतमा बन्न नसक्ने ठोकूवा गरे । आफूहरूले लडेर ल्याएको संविधानसभा माघ ११ को कदम मार्फत अपहरणमा परेको भन्दै आन्दोलन गर्नु परेको बताए । उनले संविधानसभा बाटै संविधान बनाउन चाहेको भन्दै वार्ताको विरोधी पनि नभएको जिकिर गरे ।
‘हामी वार्ताको विरोधी होइनौँ’ उनले भने ‘वार्तामा बस्न तयारै छौँ । त्यसकालागि सरकारले सार्थक वार्ताको थालनी गरोस् ।’
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.