मेकअपका सामाग्रीमा ध्यान दिनु पर्ने कुरा

बढी रातो लिपिस्टिकमा लिडको मात्रा बढी हुन्छ । यसले छालालाई हानी पु¥याउँछ  र  रगतको प्लाज्मा र किड्नी समेत बिगार्छ । फेयरनेस तथा ह्वाटनिङ क्रिममा मर्करीको मात्रा बढी मिसाइने हुनाले यसतर्फ उपभोक्ता सजग हुनुपर्छ ।
नेपाली उपभोक्ताले बुझ्दै नबुझी श्रृंगार सामग्रीको प्रयोग गरेको पाइन्छ । ७० प्रतिशत नेपालीले बुझ्दै नबुझी सौन्दर्य प्रसाधन प्रयोग गर्छन । क्रयशक्ति पनि कम भएकाले न्यून गुणस्तरका श्रृंगार सामग्री प्रयोग गर्ने गरेको पाइन्छ । यस्ता न्यून गुणस्तरका श्रृंगार सामग्रीले छालालाई खराब गरी अनुहारमा दाग समेत बढाउँछन् । नेपालमा एक्सपाइरी डेट नहेरी सामग्री प्रयोग गर्ने चलन छ । यसले पनि स्वास्थ्यमा नराम्रो असर पारिरहेको छ । कस्मेटिक सामग्री गुणस्तरीय, रासायनिक पदार्थ मिसावट नभएको र मधुरो रङको प्रयोग गर्नुपर्छ । राति सुत्नुअघि वा प्रयोग सकिएपछि यस्ता सामग्री शरीरबाट हटाउनु पर्छ । कस्मेटिक्स प्रयोग गर्दा त्यसमा मिसाइएको इन्ग्रिडेन्टबारे जानकारी भएको मानिससँग सल्लाह लिएर मात्र प्रयोग गर्नुपर्छ । मर्करी मिसिएका सामग्रीको प्रयोग गर्नै हुन्न । श्रृंगार सामग्रीहरु लगातार प्रयोग नगरी बीचबीचमा छाड्दै लाउने गर्नुपर्छ । सकभर रासायनिक भन्दा शुद्ध हर्बल सामग्री प्रयोग गर्नुपर्छ ।
क्रिम र सौन्दर्य सामग्रीको बढ्दो प्रयोगसँगै त्यस्ता रसायनको हानिका बिषयमा भने प्रयोगकर्ताहरु अनविज्ञ नै छन् । सुन्दर देखिने रहरमा मानिसका छालाहरू कुरूप बन्दै गएका मात्रै छैनन् , श्रृंगार सामग्रीका कारण शरीरका महत्वपूर्ण अंगहरु समेत कमजोर र रोगी बन्दै गएका छन् । नेपालमा हालै गरिएको एक अध्ययनले समेत नेपाली बजारमा पाइने नाम चलेका क्रिमलगायतका श्रृंगार सामग्रीमा हानिकारक रसायनको मात्रा मापदण्ड भन्दा बढी भएको देखाएको छ ।

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget