मीन राशि भएका मानिसहरु पृथ्वीमा सिधै भगवानको प्रतिनिधि हुने गर्दछन् । वृहस्पतीको प्रभावले यिनीहरु धार्मिक र आध्यात्मिक प्रवृत्तिका हुने गर्दछन् । मीन राशि भएका मानिसहरु स्वस्थ एवं वृद्धिमान हुने गर्दछन् र उनीहरुमा कोमलताको छाप सधैँ विद्यमान हुने गर्दछ । यस्ता व्यक्तिहरु नविन विचार सृजना गर्नमा सक्षम हुनुका साथै मानिसहरुलाई आफ्नो बिचारले सधैँ प्रभावित र आकर्षित गराउन सफल हुने गर्दछन् । सुख–साधनको उपभोग गर्न उनीहरुको सधैँ प्रबल इच्छा हुने गर्दछ । यसका साथसाथै धन–ऐश्वर्यबाट युक्त हुने हुँदा विभिन्न स्रोतमार्फत धन आर्जन गरेर आर्थिक रुपमा सुदृढ रहने गर्दछन् । यसका साथै उनीहरुमा चिन्तन–मननको भाव पनि रहेको हुन्छ ।
प्राकृतिक दृश्यहरुको अवलोकन गरेर उनीहरुले शान्ती र सन्तुष्ट प्राप्त गर्ने गर्दछन् । प्रेमको क्षेत्रमा यी व्यक्तिहरु सरल एवं भावुक हुने गर्दछन् यद्यपी उनीहरुको व्यवहार भने सधैँ कुशल हुने गर्दछ । उनीहरुको स्वरुप निकै राम्रो र व्यक्तित्व आकर्षित हुने गर्दछ । निकै राम्रो स्रोता हुन्ः मीन राशि भएका मानिसहरुको हरेक कुराको निकै गहिरो किसिमले सोच्ने गर्दछन् । यहि कारणले नै उनीहरु अरुको भावनालाई सुन्ने गर्दछन् र अरुको समस्यालाई कम गर्न सधैँ तयार रहने गर्दछन् । यी व्यक्तिहरु निकै मेहनती हुने हुँदा आफ्नो कार्यस्थलमा मानिसहरुका बिच निकै लोकप्रिय हुने गर्दछन् । यस्ता व्यक्तिहरु भरोसा योग्य हुने भएकाले आफ्नो समस्याबाट पार पाउनका लागि तपाईंलाई मद्दत गर्नसक्छन् । यस्ता व्यक्तिहरु आर्थिक लाभका विरुद्ध हुने गर्दछन्ः मीन राशिका व्यक्तिहरुले पैसा त निकै कमाउने गर्दछन् तर उनीहरु आफ्नो आर्थिक लाभका लागि भने खर्च गर्दैनन् । उनीहरु त्यहि पैसा अरुको मद्दतको लागि खर्च गर्ने गर्दछन् । यस्ता व्यक्तिहरुले अरुको दुख हेर्नै सक्दैनन् । यी व्यक्तिहरुले आफूलाई ठूलो समस्या परेको बेलामा पनि आफूलाई शान्त राख्न जान्दछन् । बाहिरबाट कठोर भित्रबाट नरमः मीन राशीका मानिसहरु निकै अलग किसिमका हुने गर्दछन् । उनीहरु जब केहि गर्ने सोच्छन्, त्यसलाई कहिले पनि हल्का रुपमा लिँदैनन् । यी व्यक्तिहरु आफ्नो दुश्मनलाई निकै डटेर सामना गर्ने गर्दछन् । उनीहरुसँग तपाईं निकै सजलै कुरा गर्न सक्नुहुन्छ । यी व्यक्तिहरुले तपाईंलाई त्यतिबेला मात्र सम्मान गर्नेछन् जब तपाईंले यी व्यक्तिको काम र सोचलाई बुझ्नुहुनेछ । यी व्यक्तिहरु आफ्नो बचनको पक्का छन् । उनीहरु निकै तीक्ष्ण बुद्धिका हुने गर्दछन् । यी व्यक्तिहरुले तपाईंले भन्नुभएको शब्द र कामलाई सम्झिरहने गर्दछन् । स्वभावले प्रेमी हुने गर्दछन्ः यी व्यक्तिहरु प्रेमको सम्बन्धमा निकै संवेदनशील र रोमान्टिक हुने गर्दछन् । सबैले आफूलाई सधैँ प्रेम गरोस् भन्ने मीन राशि भएका व्यक्तिहरु चाहन्छन् । प्रेमसँग जोडिएका प्रत्येक कुरालाई उनीहरुले मनमा राख्ने गर्दछन् । केहि कुरालाई एकपटक आफ्नो मनमा राखिसकेपछि यी व्यक्तिहरु हत्तपत्त त्यसलाई बिर्सन सक्दैनन् । यी व्यक्तिकी प्रेमीका पनि उनीसँगको प्रत्येक पललाई निकै राम्रो तरिकाले मनमा सजाउने गर्दछिन् । मीन राशिका पुरुषहरु श्रृङ्गार रसको कविजस्तै आदर्श प्रेमी हुने गर्दछन् । यिनीहरु कल्पनाशील प्रेमी हुने गर्दछन् । एकतर्फी प्रेमको उतार–चढाव प्रति यी व्यक्तिहरु निकै संवेदनशील हुने गर्दछन् । यिनीहरु आफ्नो प्रेमको प्रदर्शनमा निकै रोमान्टिक, कल्पनाशील र स्वप्नशील हुने गर्दछन् । यिनीहरु सधैँ साँचो प्रेमको खोजीमा हुने गर्दछन् । मीन राशि त्यागको प्रतिक हुने भएका कारण आफ्नी प्रेमिकाको लागि सबै कुरा त्याग्नका लागि तयार हुने गर्दछन् ।
Post a Comment