काठमाडौँ, १४ फागुन । बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) लाई आपत्तिजनक अवस्थामा प्रहरीले पक्राउ गरेपछि कुमारी बैंकमा हलचल मच्चिएको छ ।
काठमाडौँको बानेश्वरस्थित एक होटलबाट बैंकका सिइओ उदयकृष्ण उपाध्याय यौनक्रियामा लिप्त रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको सार्वजनिक भएपछि कुमारी बैंकको काठमाडौँको दरबारमार्गस्थित प्रधान कार्यालयका अधिकांश कर्मचारी बिहीबार मानसिक तनावमा देखिए । सिइओ पक्राउ परेपछि अरु बैंकबाट पनि के भएको हो भनेर सोध्छन्, हामीले के जबाफ दिने ? कुमारी बैंकको एसएमई विभागमा कार्यरत एक कर्मचारीले बताए ।
महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरको गस्ती टोलीले सोमबार साँझ एउटा होटलबाट आपत्तिजनक अवस्थामा पक्राउ गरी सिइओ उपाध्यायलाई मंगलबार जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनका लागि थुनामा राख्न अनुमति लिएको थियो ।
पक्राउ पर्नासाथ सिइओ उपाध्यायले आफ्नो परिचय समेत लुकाएका थिए । म्याद थपका लागि जिल्ला प्रशासन कार्यालयमा लैजाँदा उनले आफ्नो नाम लुकाउँदै क्षेत्री थरको नाम बताएका थिए । सोही नाममा प्रहरीले म्याद थपेको थियो । प्रहरीले सामान्य व्यक्तिकै रुपमा व्यवहार गरेपनि पछि उनले आफ्नो असली परिचय खोलेका थिए । त्यसपछि सामाजिक प्रतिष्ठाका कारण देखाउँदै प्रहरीले उनको नाम बाहिर नल्याएको हो । प्रहरीले उनीसँगै भेटिएकी युवतीको पनि परिचय खोलेको छैन ।
नेपाल प्रहरीको बानेश्वर वृत्तका प्रमुख (डिएसपी) दानबहादुर कार्कीले कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा प्रस्तुत नगरी अर्कै नाममा उपाध्यायलाई हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालयसँग पाँच दिनको म्याद थपेको प्रशासन स्रोतले बतायो । उपाध्यायविरुद्ध सार्वजनिक अपराधमा मुद्दा चलाइएको स्रोतको भनाइ छ ।
सिइओ उपाध्याय हिरासतमा रहे पनि प्रहरी अधिकारीहरुले यस विषयमा जानकारी दिन आनाकानी गरिरहेका छन् । कुमारी बैंकले पनि सिइओ उपाध्याय कार्यालयबाट वार्षिक बिदामा रहेको भन्दै घटनाको ढाकछोपको प्रयास गरिरहेको छ । सिइओ उपाध्यायको मोबाइल नम्बरमा फोन गर्दा पनि सम्पर्क हुन सक्दैन् ।
ग्रिनलेज बैंकबाट करिअर सुरु गरेका उपाध्याय लामो समयदेखि कुमारी बैंकमा सिइओ छन् । देशको प्रतिष्ठित बैंकका सिइओलाई पक्राउ गरी नक्कली नाम राखेर जिल्ला प्रशासनबाट म्याद थप गर्नुको कारण नेपाल बैंकर्स संघका अधिकारीहरुलाई समेत जानकारी गराइएको छैन् ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.