‘यौन व्यवसाय’ गर्न पाउँने सहमतिपछि चितवनका बन्द होटल खुले

चितवन, १३ फागुन । प्रहरीले धरपकड गरेपछि तीन दिनदेखि बन्द गरिएका चितवनका होटल आजदेखि औपचारिक रुपमा सञ्चालनमा आएका छन् ।
स्थानीय प्रशासन र होटल व्यवसायीबीच मङ्गलबार साँझ भएको वार्ता सहमतिमा टुङ्गिएपछि होटल सञ्चालनमा आएका हुन् । एक हप्ताभित्रमा पुरानो आचारसंहिता परिमार्जन गरी नयाँ आचारसंहिता लागू गर्न सहमति भएको व्यवसायीले बताएका छन् ।
आचारसंहितामा यौन व्यवसायलाई खुकुलो पारिएको छ । प्रहरीले धरपकड गर्नेछैन् भनेर आचारसहिता बनाएपछि यौन व्यवासाय सञ्चालन गर्न होटलहरुलाई खुला भएको हो ।
व्यवसायको सुरक्षाको माग गर्दै चितवनमा होटल व्यवसायीले आइतबार बैठक बसी आफ्नो होटल व्यवसाय अनिश्चितकालका लागि बन्द गरेका थिए । गएको शनिबार प्रहरीले होटलमा बसेका ४९ जोडीलाई पक्राउ गरी व्यवसायीलाई समेत नियन्त्रणमा लिएपछि व्यवसायी आन्दोलित भएका थिए ।
सुरक्षितत रुपमा होटल व्यवसाय सञ्चालन गर्न नपाएको भन्दै होटल व्यवसायी सङ्घ चितवनको आह्वानमा बन्द गराएको थियो ।
प्रमुख जिल्ला अधिकारीसहितका प्रतिनिधिको सहभागिता रहेको सो वार्तामा सामुदायिक सेवा केन्द्र नारायणगढको संयोजकत्वमा आचारसंहिताका लागि कार्यदल गठन गर्ने सहमति भएको छ । त्यसको सदस्यमा होटल व्यवसायी, प्रशासन कार्यायल, प्रहरी कार्यालय उद्योग वाणिज्य सङ्घ लगायत छन् ।
राति ९ नबज्दै जिल्लाका होटल बन्द गराउने, जथाभावी होटलमा छापा मार्ने, गेष्ट हाउसमा बसेका पाहुना तथा व्यवसायीलाई हिरासतमा लिन कार्य गरिएकाले यसले व्यवसाय र व्यवसायीलाई नकारात्मक असर पारेको अध्यक्ष डासीराम ढकालले बताउनुभयो ।
प्रहरीले पक्राउ गरेकामध्ये पाँच जोडी श्रीमान् श्रीमतीसमेत परेपछि प्रहरीको धरपकडप्रति तीव्र आलोचना भएको थियो ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget