डिप्रेसन रोग यकिन गर्न लक्षणहरु कम्तीमा २ हप्तासम्म रहनुपर्छ । महिलामा डिपे्रसन बढी हुने खास कारण थाह भएका नभएपनि सहन सक्ने क्षमता महिलामा कम हुने भएकोले रोग बढी लागेको अनुमान छ । डिप्रेसन रोगका बिरामी नेपालमा धेरै छन् । कतिपय बिरामीहरु सुरुमा बेलुकी पख टाउको दुख्ने, कुराहरु बिर्सने, आत्मबल घट्ने, आत्तिएको महसुस गर्ने, दुःख परेको मानिस देख्दा मन थाम्न नसक्ने हुन्छन् । मानिसहरुमा विभिन्न खालका डिपे्रसन देखापर्छन् । समुदायका ५ प्रतिशत मानिस डिप्रेसन रोगबाट पिडित छन्, जुन पहिचान गर्न नसकिने भएकोले उपचार गर्न पाएका हुँदैनन् । समुदायमा आत्महत्या भएको घटना सुनिन्छ, यसको प्रमुख कारण डिप्रेसन नै हो ।
लक्षणहरु
रुन मन लाग्ने
निराश हुने
एक्लै बस्न रुचाउने,
झर्को लाग्ने
दिक्क मान्ने
बोल्न मन नलाग्ने
छटपटी हने
हातखुट्टा झम झम गर्ने
पैतला पोल्ने, तालु पोल्ने
मुख सुक्ने
आत्मग्लानी हुने
नकारात्मक सोचाई रहने
निद्रा कम पर्ने
खानामा रुचि नहुने
यौन सम्पर्क गर्न रुचि नहुने
आफूलाई निकम्मा सम्झने
मर्न पाए हुन्थ्यो भन्ने
बारम्बार रुने
शंका लाग्ने
कानमा आवाज आउने
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.