नायिका नन्दीता केसी र नायक दीलिप रायमाझी श्रीमान श्रीमतीको भुमीकामा देखिने भएका छन् । अभिनेत्री केसी र अभिनेता रायमाझी चलचित्र ‘लोग्ने मान्छे’ मा श्रीमान श्रीमतीको भुमीकामा देखिने भएका हुन ।
प्रदीप मित्तलले निर्माण गरेको यो चलचित्र लय संग्रौलाले निर्देशन गरेका हुन् । टेलिफिल्म निर्देशनमा चचिर्त मानिएका संग्रौलाको यो पहिलो चलचित्र हो । फिल्ममा पुरुषबाट प्रताडित हुने नारीको कथालाई उठान गर्न खोजिएको बताईएको छ ।
चलचित्र ‘लोग्ने माज्न्छे’को आईतबार राजधानीमा अडियो बिमोचन गरिएको छ ।
चलचित्रमा श्रीमानलाई माया गर्ने एक नारीको भूमिका निर्वाह गरेको नायिका केसीले बताएकी छन् । २ वर्ष पछि पुनः आफू चलचित्र क्षेत्रमा फर्किएको उनले बताएकी छन् ।
माघ २३ गतेबाट अल नेपाल रिलिजको तयारीमा रहेको चलचित्र ‘लोग्ने मान्छे’ को परिकल्पना उत्तम केसीले गरेका हुन । कृष्ण श्रेष्ठको छायाँकन रहेको यस चलचित्रमा कविराज गहतराजको नृत्य र रोशन श्रेष्ठको द्धन्द रहेको छ ।
चार गीत समावेश गरिएको यस चलचित्रमा चेतन सापकोटाको संगीत तथा लय संग्रौलाको शब्द छ भने स्वरुपराज आचार्य, दीपक लिम्बु, माण्डवी त्रिपाठी, इन्दिरा जोशी, अन्जु पन्तको आवाज समावेश गरिएको छ । कार्यक्रममा एल्बममा समावेश २ वटा गीतको भिडियो पनि देखाइएको थियो । ६१ लाखको लगानीमा बनेको यो चलचित्र माघ २३ गतेबाट अल नेपाल रिलिज हुँदै छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.