‘मूला, नेपाल आर्मी तिम्रो पेवा हो ? फिस्टेल एयरका साहुजी विकास राणा यसरी पड्किए

काठमाडौं, फागुन १३
‘मूला, तिम्रो पेवा हो नेपाल आर्मी ? मेरो हेलिकोप्टर त्यहाँ ल्याण्ड गरेको भए तिमीहरुको ब्यारेकमा बम पड्कन्थ्यो ? दिनको हजारौं ट्रक त्यो बाटो भएर वारपार हुन्छ । त्यसबाट तिमीहरुलाई केही बाधा पर्या छ ? अनि ममाथि मात्रै यस्तो किन ?’
। शिखर इन्स्योरेन्सलगायत थुप्रै घरजग्गामा लगानी भएका विकास भन्दै थिए, ‘म पनि त्यही सेनाको १९ वर्षसम्म एउटा अंग थिएँ ।’
८ दिनपछि अवकाश पाएर घर जान लागेका सेनाका सेकेण्ड म्यान पवन पाण्डेले फकाए, ‘हाम्रो पुरानो सम्बन्धलाई यही एउटा घटनाबाट नतोड न ।’ तर, विकास रोकिएनन् । उनको भनाइ थियो, ‘एउटै पीडा काफी छ नी !’
भयो के भने हरेक वर्ष टेनिसको च्याम्पियनसिप हुने गर्छ । यसपाली मध्यपृतना सुपरीटारमा आयोजित प्रतियोगितामा विकास प्रमुख अतिथि थिए । हेलिकोप्टरको साहुजी ट्रक चढेर कुलेखानीको बाटो हुँदै जाने कुरा पनि आएन ।  पूर्वपाइलटले आफ्नै हेलिकोप्टरमा जान खोजे । augusta
पूर्वपाइलटलेअनुमति पनि पाए तर त्यसमा भाँजो हालियो । त्यसलाई चिरेर अर्को अनुमति ल्याए । त्यहाँ पनि भाँजो हालियो । आजित भएर हेटौंडाको टुँडिखेलमा हेलिकोप्टर ल्याण्ड गरी गाडीबाट सुपारीटार गइछाडे ।
भएको के रहेछ भने, प्रत्येक अनुमति पवनले फोनमार्फत खारेज गरिदिँदा रहेछन् । त्यही रिस अवकाशप्राप्त ३ तारे जर्नेल नेपाल भूषण चन्दका नातिको अन्नपूर्ण होटेलमा कपाल खौरने पार्टीमा प्रकट भएको हो । आजको जनआस्था साप्ताहिकमा खवर छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget