१५ फागुन, सोल ।
दक्षिण कोरियामा विवाहेत्तर सम्बन्ध अर्थात अरुका श्रीमती वा श्रीमानसँग समब्न्ध राख्ने कुरालाई गैरकानूनी र आपराधिक मान्ने त्यहाँको पुरानो कानून हटाउने आदेश अदालतले दिएको छ । यो आदेश लगत्तै कण्डोम बनाउने कम्पनीको शेयर मार्केट ह्वात्तै बढेको समाचारमा जनाएको छ ।
यस अघि त्यहाँको एक अदालतले विवाहेत्तर सम्बन्धलाई आपराधिक मान्ने फैसला गरेको थियो । तर माथिल्लो अदालतले त्यो फेसला उल्टाउँदै पुरानो कानून हटाउने फैसला गरेपछि त्यहाँका कम्तिमा ५ हजार मानिस यसबाट प्रभावित हुनेछन् ।
अरुका श्रीमती वा श्रीमानसँग सम्बन्ध राखेको आधारमा मुद्धा चलेर सजाय भोगिरहेकाहरुले समेत अव अपिल गर्न पाउने फैसला अदालतले गरेको छ ।
बैबाहिक सम्बन्धमा रहेका पर पुरुष वा परस्त्रीसँग यौन सम्बन्ध राख्नु अवैध ठहर गर्दै आपराधिक मान्ने कानून बनेयता सन् १९८५ पछि ५३००० भन्दा बढी मानिसहरुमाथि मुद्धा चलेको छ ।
अनौठो कुरा त पछिल्लो पटकको अदालती फैसलापछि दक्षिण कोरियाको कण्डोम बनाउने युनिडस कोर्पको शेयर ह्वात्तै बढेपछि बन्द गर्नु परेको समाचारमा जनाइएको छ ।
कोरियामा ब्यक्तिको नीजी जिन्दगीमाथि हस्तक्षेप गर्न पाउने कि नपाउने भन्दै परस्त्री वा परपुरुषसँगको सम्बन्धबारे विवाद चल्दै आएको छ ।
कोरियामा यस्ता सम्बन्ध बढेर परिवार टुक्रिने समस्या बढेको भन्दै परंपराबादीहरु भने चिन्तित छन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.