‘ब्लू फिल्म हेरे पछि दुई गिलास पानी पिउँछु, – नायिका महिमा सिलवाल

 सिनेमा क्षेत्रका धेरै मान्छेहरू ‘महिमा सिलवाल अभिनयभन्दा अनुहारले हिरोइन भएकी’ भन्छन्। कुरा त्यस्तै हो ?
– त्यस्तोमात्र होइन। अभिनय क्षमता नभई अनुहार वा रूपले मात्र हिरोइन भइँदैन। भए पनि टिकिँदैन भन्ने मलाई राम्रोसँग थाहा छ। त्यसैले रूपसँगै अभिनय क्षमता पनि भएकोले अहिलेसम्म मैले काम खोज्नुपरेको छैन, कामले मलाई खोज्दै आएको छ। दुई वर्षको बीचमा आठवटा सिनेमा खेलेबाट पनि यो कुरा पुष्टि हुन्छ।
आठवटा सिनेमा खेले भन्नुभयो तर दर्शकको दिमागमा अझ ‘मार्क’ हुनुभएको छैन। धेरैलाई ‘महिमा सिलवाल पनि हिराइन हो’ भन्ने कुरा नै थाहा छैन। यस्तो भएपछि सिनेमामात्र धेरै भएर के माने भयो र ?
– कुरा सही हो। म अझ मार्क भइसकेकी छैन। यसको कारण चाहिँ, अहिलेसम्म मेरो ‘कारबाही’ भन्ने सिनेमा मात्र रिलिज भएको छ। सातवटा प्रदर्शनको पर्खाइमा छन्। ती सिनेमा रिलिज भएपछि दर्शकको माया पाउँछु भन्नेमा ढुक्क छु।
तपाईं अभिनीत एउटामात्र सिनेमा रिलिज भयो, त्यो पनि हिट भएन। खासै चर्चामा पनि हुनुहुन्न तर पनि भटाभट सिनेमा पाइरहनु भएको छ। तपाईंमा के देखेर निर्देशक र निर्माताले पत्याइरहेका छन् ?
– मेरो कन्फ्डिेन्स र ट्यालेन्टले नै उहाँहरूले मलाई ट्रस्ट गरिरहनुभएको छ जस्तो लाग्छ।
तर तपाईंकै समकक्षी हिरोइनहरू ‘महिमा निर्देशक / निर्माता रिझाउन खप्पिस भएकीले सिनेमा पाइरहेकी छ’ भन्छन् नि ?
– यस्तो वाइयात कुरा त आफू सिनेमा नपाएर पेन्डुलम भएकाहरूले गर्छन्। जसलाई आफ्नो क्षमतामाथि विश्वास छैन, त्यसले नै अर्काको कुरा काट्दै हिँड्छन्। हेर्नुस्, झन् यो सिनेमा क्षेत्रमा त खुट्टा तान्नेहरूको निकै ठूलो जमात हुँदोरहेछ, विस्तारै बुझ्दैछु। अलिकति प्रगति गर्‍यो कि देखी सहँदैनन्। ब्याक ब्याइटिङ गरेर बेइज्जत गर्न खोज्दा रहेछन्। कहिलेकाहीँ त दिक्कै लाग्छ तर पनि के गर्नु ? मलाई मेरो लक्ष्य चुम्नु छ, त्यसैले यस्ता कुरालाई एउटा कानले सुनेर अर्को कानले उडाउने गरेकी छु।
तपाईंमाथिको अर्को आरोपचाहिँ तपाईं ‘मुर्गा’ फसाउन माहिर हुनुहुन्छ रे हो ?
– भन्नाले ? तपाईंले के भन्न खोज्नुभएको हो, मैले स्पष्टसँग बुझिन्।
गाँठवाला केटा पट्टयाउन क्या ?
– (हाँस्दै) तपाईंलाई कस्ले भन्यो ? केटा पट्टयाउन माहिर भइदिएको भए अहिलेसम्म सिंगल हुन्थे र? तपाईंलाई किन ढाँट्नु, अहिलेसम्म ब्बाईफ्रेन्ड पनि बनाएकी छैन।
तर एनआरएन नायक धीरेन्द्रराज थापा र तपाईंबीचको सम्बन्धले धेरै चर्चा पाइरहेको छ ?
– यो अर्को वाइयात कुरा हो यो। म कसैसँग कुनै स्वार्थ राखेर सम्बन्ध राख्दिन्। हो, धीरेन्द्र र म नजिक थियौं। यसको मतलव यो होइन कि हाम्रो लभ परेको थियो। हामी सिर्फ मिल्ने साथी मात्र थियौं। ‘अप्रिल फुल’ भन्ने फिल्मको सुटिङमा हाम्रो पहिलो पटक भेट भएको थियो। त्यहाँबाट विस्तारै नजिक भइयो। पछि उहाँसँगै ‘एक से एक’ भन्ने फिल्ममा आइटम डान्स पनि गरेँ। त्यही भएर मान्छेहरूले हाम्रो सम्बन्धलाई लिएर कुरा काट्न थाले। हल्ला पूर्णरूपमा असत्य भए पनि यसले मेरो करिअरमा असर पार्छ जस्तो लाग्यो। त्यही भएर अहिले हाम्रो सम्बन्ध हाइ हेल्लोमा मात्र सीमित छ। भेटघाट असाध्यै पातलिएको छ।
भेटघाट पातलिएको भन्नुभयो तर बिहेको लागि तपाईंले धीरेन्द्रराज थापालाई निकै अनुनयविनय गरिरहनु भएको छ भन्ने सुनिन्छ नि ?
– नो! बिहे गर्न त पहिले लभ हुनुपर्‍यो नि? जब लभसब केही छैन, तब कहाँबाट बिहेको कुरा आउँछ ? त्यसमाथि म अझ छ -सात वर्ष पूर्णरूपमा करिअरमा मात्र कन्सन्ट्रेट हुन चाहन्छु। त्यसैले बिहे गर्ने न योजना छ, न चाह। फेरि धीरेन्द्रको श्रीमती हुनुहुन्छ भन्ने थाहा हुँदा हुँदै किन उहाँकै पछाडि लाग्थे र ?
प्रसंग बदलौं, ऐना अगाडि बस्दा आफू कत्तिको राम्री छु जस्तो लाग्छ ?
– खै किन हो, मलाई त आफू निकै राम्री छु जस्तो लाग्छ। शरीरका सबै अंग निकै आकर्षक लाग्छन्।
सबैभन्दा बढी कुन अंग राम्रो लाग्छ त ?
– ओठ र आँखा। अरूले पनि ‘महिमा तिम्रो ओठ र आँखा निकै सेक्सी छ’ भन्छन्। मलाई पनि हो जस्तो लाग्छ।
यस्ती ओठ र आँखा सेक्सी भएकी ठिटीलाई मन पराउनेको लिस्ट त लामै होला नि ?
-(हाँस्दै) छ होला। तर अहिलेसम्म वान वे मात्र हो, टु वे हुन सकेको छैन। मेरो दिल जित्ने भेट्टाउन सकेकी छैन।
लौ भनिदिनुस् न त, कस्तो ठिटोले तपाईंको दिल जित्न सक्छ ?
– म आफूलाई भन्दा मेरो प्रोफेसनलाई माया गर्छु। त्यसैले मेरो प्रोफेसनलाई बुझ्नेमात्र होइन्, सम्मान गर्ने हुनुपर्छ। सँगै इजुकेटेड र पर्सनालिटी पनि राम्रो भयो मेरो मेरो मन जित्न गाह्रो छैन।
मन जित्ने नभए पनि शरीर जित्ने त पक्कै भेट्टाउनुभयो होला ?
– जब मन नै जितेको छैन, शरीर जित्ने कुरै हुँदैन। पहिले मन, त्यसपछि मात्र शरीर। यसमा नो कम्प्रोमाइज।
भनेपछि विवाह अगाडि नो सेक्स ?
– त्यस्तो पनि होइन, मन मिल्यो, सम्बन्ध दिगो हुने भयो भने सेक्स गर्न विवाह नै कुर्नुपर्छ भन्ने छैन। विवाह अगाडि गर्न पनि कुनै आपत्ति छैन, तर मन चाहिँ मिल्नुपर्‍यो।
तर कहिलेकाहीँ शरीरले पनि त मनलाई मिलाउन सक्छ नि ?
– मलाई त्यस्तो लाग्दैन। मेरो विचारमा मनले शरीरलाई लिड गर्छ, शरीरले मनलाई होइन।
तैपनि यो उमेरमा पक्का पनि शरीरले ‘केही’ खोजिरहेको हुन्छ। बुझ्नेहरू यो ‘नेचुरल’ कुरा हो भन्छन्। कसरी ‘म्यानेज’ गर्नुहुन्छ ?
– हो, यो उमेरमा सेक्सको अभाव महसुस हुनु नेचुरल कुरा हो । हुन्छ पनि तर सबै आवश्यकता कहाँ भन्नासाथ पूरा हुन्छ र ? कति कुराहरू पछिको लागि साँचेर राख्नुको मज्जा छुट्टै हुन्छ । अहिले त यसो सेक्स भिडियोहरू हेरेरै चित्त बुझाउँछु।
तर त्यस्ता भिडियो हेर्दा त झन् धेरै सेक्स डिजायर उत्पन्न हुन्छ, हैन र ?
– हो, त्यस्ता भिडियो हेर्दा काउकुती लाग्छ। कस्तो कस्तो फिल हुन्छ। तैपनि आफूलाई कन्ट्रोल गर्नुको विकल #2381;प हुदैन।
कसरी ‘कन्ट्रोल’ गर्नुहुन्छ ?
– (हाँस्दै) दुई गिलास पानी पिउँछु। सबै ठण्डा हुन्छ।
साभार : हाम्रो संदेश

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget