Latest Post

काठमाडौँ, १५ मङ्सिर । चीन सरकारले अनुदानस्वरुप उपलब्ध गराएको पेट्रोलको मूल्य रु १७५ प्रतिलिटर परेको छ ।
भारतको अघोषित नाकाबन्दीपछि इन्धन सङ्कटलाई केही हदसम्म राहत दिने उद्देश्यले नेपाल सरकारको आग्रहमा चीनले १३ लाख लिटर पेट्रोल अनुदानमा उपलब्ध गराएको थियो ।
सो परिणामको इन्धन नेपाल आयल निगमले आयात गरिसकेको छ । आयात भएको इन्धन बजारमा समेत गइसकेको छ । चीन सरकारले नेपाल सरकारलाई वार्षिक रुपमा प्रदान गर्ने आर्थिक तथा प्राविधिक अनुदानबाट कटौती हुने गरी ११ मिलियन आरएमबी बराबरको पेट्रोल उपलब्ध गराएको हो । चीनले रु १८ करोड २९ लाख ३० हजार बराबरको इन्धन उपलब्ध गराएको हो ।
चीनले अनुदानमा उपलब्ध गराए पनि भन्सार, सडक कर, आयातलगायतको मूल्य जोड्दा प्रतिलिटर रु १७५ पर्न आएको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
चीनले उपलब्ध गराएको पेट्रोलको मूल्य प्रतिलिटर ८.४६ आरएमबी पर्छ । आरएमबीको मङ्गलबारको खरिद दर नेपाल राष्ट्र बैंकका अनुसार रु १६.६३ पैसा रहेको छ । सोको परिमाणअनुसार प्रतिलिटर पेट्रोलको मूल्य रु १४०.७१ पैसा हुन आउँछ ।
सो मूल्यमा सडक कर, मूल्य अभिवृद्धि कर तथा भन्सार शुल्क जोड्दा रु ३५ हुन जान्छ । सबै मूल्य जोड्दा चीनबाट अनुदानमा ल्याइएको पेट्रोलको मूल्य रु १७५.८८ पर्न आएको हो ।
भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई करबाहेक रु ४५ प्रतिलिटरमा इन्धन उपलब्ध गराउँदै आएको छ । रक्सौलमा निगमको ट्याङ्करले इन्धन भर्दा सो मूल्य तिर्नुपर्छ । त्यसमा सम्पूर्ण सरकारी राजस्व एवम् मूल्य अभिवृद्धि कर रु ३१.७१ पैसा थप हुन्छ । त्यसैगरी ढुवानी भाडा रु १.९८, बिमा शुल्क रु ०.०३, मूल्य स्थिरीकरण कोषमा रु ०.५२, निगमको प्रशासनिक एवम् बिक्री खर्च रु ०.५०, प्राविधिक नोक्सानी रु ०.६०, ऋणको व्याज रु दुई, ऋणमा भुक्तानी रु ५.५, निगमको नाफा प्रतिलिटर रु १२.२०, पेट्रोलियम बिक्रेता कम्पनीलाई रु ३.५६ र खुद्रा बिक्री मूल्य रु १०४ पर्न आउँछ ।
अनुदानमा उपलब्ध गराइएको हुनाले चीनबाट आयात गरिएको पेट्रोलको मूल्य बढी पर्न आए पनि व्यावसायिक रुपमा इन्धन आयात गर्दा भारतबाट आयात भएको मूल्य बराबर नै पर्न जाने निगमको भनाइ छ । अनुदानको पेट्रोल बेच्दा निगमलाई प्रतिलिटर रु ७१.८८ घाटा भएको जनाइएको छ । सो घाटालाई नेपाल सरकारले मिनाहा गर्ने बताउँदै आएको छ ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव शिवप्रसाद त्रिपाठीले चीनबाट आयात गर्ने व्यावसायिक इन्धनको मूल्यमा भने फरक नपर्ने र भारतबाट आयात हुने इन्धनकै मूल्य बराबर पर्ने मन्त्रालयले विश्वास लिएको जानकारी दिनुभयो । रासस
dainiknepal

० तपाईंको आफ्नै सहायकको रुपमा काम गर्नु भएका रोशन हमालको निर्देशनमा आज रंग फिल्ममा अभिनय गर्न भयो, तपाईले अह्रनखटन गरेको मान्छेले तपाईलाई नै अह्रनखटन गर्दा कस्तो महशुस भयो ?
– त्यस्तो खास असहज नै हुने त हैन आफ्नो सहायकले निर्देशन गरेको फिल्ममा अभिनय गर्दा । त्यस्तो असहज नै भएन । उसले राम्रो काम गरिरहेको छ, यो देख्दा खुसी लाग्यो । मेरो कामै यही भएकाले फरक अनुभव भएन ।

० उहाँको निर्देशकीय क्षमता चैं कस्तो लाग्यो त ?
– सिकीराखेको छ, राम्रो भइरहेको छ गर्व लाग्छ, उसले राम्रो काम गर्दा ।

० तपाई आफै चैं चलचित्र निर्देशनमा आउने भनेको पनि एक दशक बितीसक्यो, फेरि अहिले निर्देशन गर्न लागेको भनेर हल्ला बाहिर आएको छ बास्तविकता के हो ?
– मेरो मामा दीपक रायमाझी जसले मलाई यस क्षेत्रमा ल्याउनु भएको थियो, उहाँले निर्देशन गर्दागर्दै उहाँको असामयिक निधन भएपछि डेस्टिनेशन काठमाण्डु नामक चलचित्र केही काम अधुरै थियो, त्यही चलचित्रको बाँकी काम मैले गर्ने भनेको हो ।

० यो त तपाईंको मामाले छाडेको काम पुरा गर्ने भन्ने कुरा भयो, तपाई आफैले चैं चलचित्र निर्देशन गर्ने भनेको त बर्षौ भइसक्यो नी, हैन र ?
– तपाईले भनेको कुरा सहि हो । तर म अभिनयमै बढि व्यस्त भएकाले यो विषयमा धेरै ध्यान दिन पाइन । किनभने निर्देशनमा लागेपछि फुल्ली टाइम दिनुपर्छ । तर अब चैं एउटा गतिलो फिल्म निर्देशन गर्ने तयारीमै छु, यसको लागि चाँडै प्रोडक्सन कम्पनि पनि शुरु हुँदैछ ।

० अहिले नेपाली फिल्मको ट्रेण्ड चेन्ज हुँदैछ, अहिले नेपाली फिल्म कता जाँदैछ जस्तो लाग्छ तपाईलाई ?
– जबसम्म सिनेमा बन्ने क्रम अगाडी बढिरहन्छ, त्यो क्रममा एउटा मोड आउछ जहाँबाट परिवर्तन आउँछ । अहिले त्यस्तै एउटा मोड आएको छ, यो हाम्रो लागि खुशीको कुरा हो, तर यो परिवर्तनको मोडमा थोरै राम्रा चलचित्र बने अनी तिनीहरुको कुनै नराम्रो पक्षमा केन्द्रीत भएर त्यो कुरालाई नक्कल गरेर चलचित्र निर्माण गर्ने लहड चलेको छ । जस्तो अहीले अश्लील कुराको बढि नक्कल गर्ने होड चलेको छ । यो चैं नराम्रो प्रवृति भयो । जे होस् चलचित्र पुरानै ढर्रामा अडिकनु हँदैन, नयाँ एक्सपेरिमेन्ट भइरहेको छ, यसबाट अब राम्रा चलचित्र छानिएर आउँछन् । अहिले यसो हेर्दा एक्साइटिङ फेजमा छ नेपाली चलचित्र ।

० अश्लीलताको पराकाष्ठा नाघेर चलचित्र बनिरहेका छन् नी यो राम्रो हो ?
– त्यही त एउटाले केही अश्लील विषयमा बनायो त्यो फिल्म चलिदियो अनी सवै त्यतै तिर लागे, यो चै राम्रो भएन । सोच्नुपर्ने बेला भएको छ अहिले । सिर्जनशील हुनुप¥यो चलचित्रकर्मी । अब यस्ताबाट छानिएर राम्रा चलचित्र बन्छन् आगामी दिनमा ।

० नेपाली चलचित्र अपेक्षित रुपमा सफल नहुनमा तपाईलाई पनि दोष दिन्छन् नी कतिपय । तपाईजस्तो पढेलेखेको बौद्धिक हिरो तर पैसा पाएपछि जस्तो पनि फिल्म खेल्नु हुन्छ नी ?
– आजको अवस्था हेरेर विगतको कुराको मुल्यांकन गरिनु हुँदैन । विगतमा चलचित्रको निर्माण संख्या कम थियो, त्यो मेरो नयाँ निर्माता निर्देशक यस क्षेत्रमा स्थापित गर्न पनि मेरो भूमिका रह्यो । तर कस्तो फिल्म खेल्ने छनौट गर्ने बेला चैं अब आएको छ । विगतमा मैले जे गरे स्वभाविकै थियो भन्ने लाग्छ मलाई ।

० अहिले बग्रेल्ती नयाँ हिरो आएका छन्, तपाई यी नयाँ मध्ये कस्मा बढि सम्भावना देख्नु हुन्छ ?
– को कस्तो र कति सम्भावना भन्ने समय आएको छैन । किनभने नया हिरोको आएको पनि त्यत्रो लामो समय भएको छैन । अर्को कुरा सँगै कामको मूल्यांकन गर्न पनि मलाई गाह्रो कुरा हो । सवैले राम्रै काम गरिरहनु भएको छ ।

० तपार्इं सेवा तिर रुचिको कुरा पहिला पनि आएकै हो, अब चैं तपाई समाज सेवा तिर लाग्ने भन्ने कुरा आएको छ खास के हो ?
– समाजसेवातिर मेरो पुरानै रुचि हो । म पनि धेरैको अपैक्षा पनि छ यो क्षेत्रमा आउन । समय अभावका कारण यसमा लाग्न पाइएन । जीवनको एउटा कालखण्डमा पुगेपछि आफ्नो रुचिको कुरालाई पनि सिरीयस्ली लिनुपर्छ । अब फिल्मबाट समय निकालेर पनि फाउन्डेसन मार्फत समाज सेवामा लाग्ने योजनामा छ ।

० समाजसेवामा पनि तपाईको रुचिको क्षेत्र कुन हो ?
– अनाथ बालबालिका अनी अपांगहरुलाई लक्षित गरेर काम गर्ने योजनामा छु, सायद चाँडै मेरो योजनाले मूर्तरुप पाउला ।
etajakhabar

काठमाडौं, १५ मंसिर । नेपालमा नाकाबन्दी गरेर भारतका प्रधानमन्त्री नरेन्द्र मोदी निकै आलोचित छन् । सम्पूर्ण नेपाली जनताको नजरमा उनी नेपालको मुख्य दुश्मन नै गनिएका छन् ।


करिब दुई महिना अघिदेखि नाकाबन्दी लगाएर उनले नेपाली जनतालाई निकै दुःख दिएका छन् । मधेसीको बुई चढेर भारतले चाँहेजस्तो संविधान बनाउन मोदीले नाकाबन्दी लगाएको बताइन्छ । मधेसवादी दलहरुले पनि आफ्नो आन्दोलनमा भारतको सहयोग रहेको बताउँदै आएका छन् ।
यसैक्रममा भारतमा अर्का मोदी देखिएका छन् । जसले नेपालको आन्तरिक मामिलामा नाङ्गो हस्तक्षेपको प्रयास गरेका छन् । उनी हुन् विहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादव । जसले विहारमै कुखुराको चारोमा करोडौंको भ्रष्टाचार गरेका थिए ।
सोमबार साँझ यादवले नेपालका मधेसीमाथि भेदभाव रहेको भन्दै ट्वीट गरेपछि उनीपनि नेपाली जनताको नजरमा भिलेन बनेका छन् । अर्थात यादवले मोदीको डबल रोल प्ले गरेका छन् ।
पहिलो ट्विटमा मोदीले नेपालसित सम्वन्ध बिगारेको लेखेका यादवले एक घन्टापछि मधेसीमाथि नेपालमा भेदभाव भएको लेखेका थिए । उनले ट्वीट गर्दै लेखेका छन्- ‘नेपालका मधेसीहरुका विरुद्ध भएको भेदभाव र सीमान्तीकरणका विषयमा भारत सरकारले तत्काल कदम चाल्नुपर्छ ।’
मधेस नेपालको आन्तरिक मामिला भएपनि उनले भारतले एक्सन लिनुपर्ने भनेर सिधै नाङ्गो हस्तक्षेप गरेका हुन् ।  उनको त्यो आरोपमा सयौं नेपालीहरुले कडा जवाफ फर्काएका छन् ।
उनलाई जवाफ फर्काउँदै दिनेश भुसाल लेख्छन्- नेपालको संविधान पढेर मात्रै टिप्पणी गर ।’ त्यस्तै गुरुराजको टिप्पणी छ- ‘तिमी आफ्नो बिहारको ख्याल गर, जहाँ दिनदहाडै महिलाहरुमाथि सामुहिक बलात्कार भइरहेको छ ।’ शिव क्षेत्रीको आक्रोश छ- ‘यदि त्यति धेरै माया छ भने मधेसीहरुलाई बिहारमै लगेर राख ।’
यसअघिको ट्विटमा रोटी-बेटीको सम्बन्ध विगारेको भन्दै मोदीको आलोचना गरेका यादव दोस्रो ट्विटमा आफै मोदी बनेको देखाउँछ ।
sajhapatrika


जाकार्ता: इन्डोनेसियाली छानविन टोलीले गएको डिसेम्बर २८ मा इन्डोनेसियाबाट सिङ्गापुरका लागि उडेका एअर बस ए–३२० उडेको विमान दुर्घटना राडर प्रणालीमा समस्या भएको कारण भएको राष्ट्रिय यातायात तथा सुरक्षा समितिले मङ्गलबार बताएको छ ।

समितिले विमान दुर्घटनाबारे छाविन गर्न बनएको समितिको सदस्यहरुले राडर प्रणालीमा समस्या आएपछि विमान चालकद्वारा दिएको सूचनाका बारेमा प्रणालीबाट जवाफ नआएपछि केही क्षणपछि इन्डोनेसियाको जाभा इलाकामा दुर्घनाग्रस्त भएको बताए ।


विमानको फइलट ८५०१ को ‘डाटा रेकर्डर’को समीक्षा पश्चात् छानविन टोलीले विमानको रार्डर प्रणालीमा समस्या भएपछि सूचना आदानप्रदानमा कठीनाई भएको र पछि विमान दुर्घटना हुन पुगेको बताएको हो ।

विमान मर्मत रेकर्डबाट यसको रार्डर प्रणालीमा एक वर्षको अवधिमा २३ पटकसम्म समस्या आएको थाहा हुन आएको बताइएको छ । विमान दुर्घटनामा खराब मौसमको कुनै भूमिका नदेखिएको अनुसन्धानकर्ताहरूरले दाबी गरको छन् ।
annapurnapost


बैंकक, १५ मंसिर । थाइल्याण्डको बैंककका रहेका गैरआवासीय नेपालीहरुले भारतीय नाकाबन्दीका सम्बन्धमा नेपाल सरकारले आफ्नो आधिकारिक धारणा चाँडो बाहिर ल्याउनुपर्नेमा जोड दिएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएन) थाइल्याण्डले आयोजना बैंककमा आयोजना गरेको कार्यक्रममा यस्तो निश्कर्ष निकालिएको हो ।
नाकाबन्दीबारे नेपाल सरकारको प्रष्ट धारणा नआउँदा अन्तर्राष्ट्रिय समुदायको आवश्यक मात्रामा ध्यानाकर्षण हुन नसकेको र समस्या लम्बिएको कार्यक्रममा निश्कर्ष निकालियो ।
‘नेपालको नयाँ संविधान जारी भएपछिको अवस्था स् एउटा अन्तर्राष्ट्रिय दृष्टिकोण’ शीर्षकमा उक्त कार्यक्रम भएको थियो । कार्यक्रमका वक्ता युनिभर्सिटी अफ लिड्सका अन्तर्राष्ट्रिय कानून विषयका प्राध्यापक सूर्य सुवेदीले भारतले नेपालको आन्तरिक मामलामा हस्तक्षेप गर्दै लगाएको आर्थिक नाकाबन्दी अन्तर्राष्ट्रिय कानूनविरुद्ध रहेको टिप्पणी गरे ।
‘सरकारले कुनै ढिलाइ नगरिकन आफ्नो आधिकारिक धारणा अघि सार्नुपर्छ,’ सुवेदीले भने, ‘नेपालले अन्तर्राष्ट्रिय समुदायलाई आश्वस्त नबनाएसम्म उनीहरुले समस्या समाधानमा सहयोग गर्न सक्दैनन् ।’

अर्का वक्ता थमासात युनिभर्सिटीका संवैधानिक कानूनका प्राध्यापक हेन्निग ग्लासियरले नेपालको संविधान फरक राजनीतिक विचारधारा बोकेका समुहहरुबीचको सम्झौताको दस्तावेज भएको भन्दै नयाँ संविधानमा सबैले चाहेका शतप्रतिशत कुराहरु पूरा हुन नसक्ने बताए । उनले नेपालको संविधान समावेशी र लचिलो रहेको उल्लेख गर्नुका साथै विश्वका कुनै पनि देशका संविधानभन्दा कमजोर नरहेको दावी समेत गरे ।
कार्यक्रममा थाइल्याण्डका लागि नेपाली नेपाली राजदूतले नेपाल सरकार समस्या समाधानका निम्ति प्रयासरत रहेको उल्लेख गरे । भारत र आन्दोलनरत समुह दुवैसित सरकार संवादमा रहेको भन्दै उनले भारतले नेपालमा नाकाबन्दी नगरेको भनेर विश्व समुदायलाई ढाँटिरहेको उल्लेख गरे ।
एनआरएन थाइल्याण्डका अध्यक्ष तथा किंग मंगकुट बिश्वबिद्यालयका प्राध्यापक खगेन्द्रराज ढकालले नेपालले प्रजातान्त्रिक पद्दतिबाट संविधान जारी गर्दा भारतको टाउको दुख्नु आवश्यक नरहेको बताए । हालको तनाब नेपालका नेताहरु लम्पसार परेर दिल्लीको इसारामा चल्ने परम्परा रहेकोमा अहिले संबिधान निर्माण को शिलसिलामा अन्यत्रबाट प्रभाब परि भारतको निर्देशन नमान्दा सिर्जिएको समस्या भएको ढकालले टिप्पणी गरे ।
अध्यक्ष ढकालले नेपाली नेताको असक्षमता, अदुरदर्शीता, चाकरीबाद र अकर्मन्यताको शिकार नेपाली जनता बन्नु नहुने भन्दै महाभूकम्पले भन्दा ठूलो आर्थिक क्षति देशले ब्योहोरिरहेको छ यसको कसले जिम्मा लिने भन्ने प्रस्न उठाएका थिए ।
कि त कुटनीतिक पहलबाट समस्या समाधान गर्न सक्नु पर्यो सरकारले कित तत्काल अन्तर्राष्ट्रिय मन्चमा भारतले गरेको अमानबिय नाका बन्दीको लिखित रुपमा आवाज उठाउनु पर्यो ढकाल को सुझाब थियो ।
उक्त सम्म्बाद कार्यक्रममा बैंकक स्थित विभिन्न कुटनीतिक नियोगका प्रतिनिधिहरु, विभिन्न बिश्व बिद्यालयका प्राध्यापक, संयुक्त राष्ट्रसंघमा कार्यरत पदाधिकारीहरु, कानुनका विज्ञहरुहरुको सअभागिता थियो ।
dainiknepal

राजविराज– संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मंगलवार एक साता अघि प्रहरीको गोली लागेर मृत्यु भएका राजविराज १ निवासी स्वर्गिय दिलिप साहको घर पुगि शोकाकुल परिवारजनलाई भेटेका छन्
उनीसँगै उपाध्यक्ष रेणु यादव, केन्द्रिय सदस्य शैलेन्द्र साह तथा मोर्चाका नगर संयोजक लगायतले शोकसन्तप्त परिवारलाई धैर्य धारण र समवेदना जनाउँदै शहिदहरुको रगत खेर नजाने वताएका थिए । सो अवसरमा स्वर्गिय साहकी पत्नि पुनमले दोशी प्रहरीमाथि कडा कारवाही हुनु पर्ने र यसका लागि मोर्चावाट आवश्यक पहल हुनु पर्ने आग्रह गरेकी थिईन् ।
यसैबीच प्रहरीले चिकित्सकमाथि गरेको भनिएको विरोधमा १० दिनदेखि आन्दोलनरत स्वास्थ्यकर्मीहरुको आन्दोलनमा यादवले ऐक्यवद्धता जनाएका छन् । सो अवसरमा यादवले राज्यको नश्लवादी चिन्तनको उपजका रुपमा अस्पतालमा आक्रमण भएको आरोप लगाए ।
अस्पतालभित्र प्रवेश गरी स्वास्थ्यकर्मीलाई कुटपिट, दुब्र्यवहार र आतंकित गरेर प्रहरीले अन्तराष्ट्रिय कानुनको उलंघन गरेको वताएका यादवले घटनामा संलग्नलाई तत्काल कारवाही गर्नुपर्ने वताए ।

उनले स्वास्थ्यकर्मीहरुको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै माग पुरा गराउन मोर्चाले पनि आफनो स्तरवाट पहल गर्ने वताए ।
ratopati

काठमाडौं – अर्थमन्त्री विष्णु पौडेलले नाकाबन्दीबाट उत्पन्न समस्या चाँडै समाधान हुने गरी सरकार लागिरहेको बताईरहँदा उद्योगीहरुले भने सरकारले के गर्दै छ भनेर देखाउन माग गरेका छन् । लगातारका विपत्तीले गर्दा उद्योगी संकटमा परेको भन्दै उद्योगीले सरकारले उद्योगका समस्या समाधानका लागि के गरिरहेको छ प्रष्ट पारेर जनतालाई आस्वस्त बनाउन माग गरेका हुन् ।


‘सरकारले संकटबाट देशलाई मुक्त बनाउन काम गरिरहेको छ, परिणाम नआउँदासम्म सरकारले केही गरेको छैन कि भन्ने बुझ्नु स्वभाविक हो,’ काठमाण्डौमा आयोजीत एक बहस कार्यक्रममा अर्थमन्त्रीले भने । त्यसकोजवाफ माग्दै उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले भने ‘मन्त्री ज्यूले गरिरहको छाँै त भन्नुहुन्छ तर के गरिरहेको छ जनतालाई थाहा दिनुप¥यो ।’
अर्थ मन्त्री पौडेलले अघोषित नाकाबन्दी हटाउनका लागि कुटनीतिक र वार्ताको माध्यमबाट पहल भैरहेकोले अब छिट्टै समाधान हुने बताए । उनले यो समस्या सरकारका कारण सिर्जना नभएको तर समस्याका कारण निकै चिन्तित भएको बताए । ‘यो समसया यो वा पूर्ववर्ति सरकारले सिर्जना गरेको हैन,’ उनले भने ‘विरासतका कारण हो, हामी चिन्तित छौँ, यो चुनौती सामना गर्न सरकार तत्पर छ ।’उनले नेपालीहरु कसैका शत्रु नभएको भन्दै दुनियासंग मित्रवत रुपमा सम्बन्ध अगाडी बढाउन चाहको बताए ।
उद्योग वाणिज्य संघका उपाध्यक्ष श्रेष्ठले मन्त्री गम्भिर र चिन्तित भएर मात्रै समस्या समाधान नहुने बताए । ‘हामी मजदुरलाई तवल खुवाउनुपर्छ, बैंकको व्याज तिर्नुपर्छ र सरकारलाई राजस्व तिर्नै पर्छ ।’ उनले भने मन्त्री गम्भिर र चिन्तित हुनुहुन्छ तर चिन्तित र गम्भिर भएर मात्रै समस्या समाधान हुँदैन ।
कार्यक्रममा बैंकर्स एसोसिएसनका अध्यक्ष उपेन्द्र पौडेल मन्त्रीले स्वेतपत्रमा सार्वजनिक गरे अनुसारको आर्थिक बृद्धि रहेमा भगवानको कृपाले मात्र संभव भएको बताए । ‘श्वेतपत्रमा देखेको ग्रोथरेट रह्यो भने पशुपतिनाथलाई धन्यवाद दिनुपर्छ,’ उनले भने ‘त्यो भन्दा घट्छ ।’
पर्यटन व्यवासयी संघ नेपाल (टान) का अध्यक्ष चन्द्र रीजालले भने देशको अर्थतन्त्र धरासायी भए पनि आशावादी भएर बस्नुपर्ने बताए ।
ratopati

मंसिर, काठमाडौं ।
बढ्दो कालोबजारी नियन्त्रण र मधेस आन्दोलन समाधानका लागि सरकारलाई दबाव दिन नेपाली कांग्रेस काठमाडौंले भोलि राजधानीमा बृहद दबाव र्‍याली गर्ने भएको छ ।


मधेस समस्या तत्काल संबाद मार्फत हल गर्न र कालोबजारीलाई तत्काल नियन्त्रण गर्न दबाव दिन प्रदर्शन गर्न लागिएको काठमाडौं कांग्रेस सभापति सांसद भीमसेन दास प्रधानले मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

‘अधिकार, न्याय र शान्तिको लागि दबाव’ नाम दिईरहेको र्‍याली दिउँसो १ बजे शान्तिबाटिकाबाट सुरु हुनेछ ।

मधेस आन्दोलनलाई समर्थन गर्दै नेपालमा अघोषित नाकाबन्दी गरेको भारत र समस्या समाधानमा गम्भीर नदेखिएको सरकारको ध्यान आर्कषित गर्न र्‍याली गर्न लागिएको प्रधानले बताए । उनले कांग्रेसको सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव अगाडि बढाउन आग्रह गरे ।

रिपोर्टर्स क्लवमा आयोजित पत्रकार सम्मेलनमा काठमाडौंका सांसद तथा केन्द्रीय सदस्यहरु गगन थापा, ध्यान गोविन्द रञ्जित, दिपक कुईकेल र तिर्थराम डंगोल लगायतकाले मधेसको समस्या समाधानमा सरकार उदासिन भएको बताए ।

कांग्रेस सांसदहरुले तत्काल अघिल्लो सरकारले दर्ता गरेको संविधान संशोधनलाई अगाडि बढाए मधेसको आधारभूत मागहरु पुरा हुने दाबी गरे । उनीहरुले भूकम्पबाट ध्वस्त संरचनाको नवनिर्माणका लागि पुनर्निर्माण प्राधिकरण विधेयकलाई अगाडि बढाउन माग गरे ।sajhapatrika

१५ मसिर, काठमाडौं ।
तराई मधेसमा तीन महिनादेखि जारी आन्दोलन समाधान गर्नको लागि प्रधामन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति सुशील कोइराला र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आन्तरिक गृह कार्यमा केन्द्रीत भएका छन् ।


संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अगाडि सारेको ११ बुँदे मागका बारेमा छलफल गर्नको लागि पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले स्थायी समितिको बैठक बोलाएका छन् ।

प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने बैठकमा मधेसी मोर्चाले राखेको सीमाकंन लगायको विषयमा छलफल केन्द्रीत हुने एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए ।

त्यसैगरी मोर्चाको माग सम्बन्धन गर्नको लागि एमाओवादीले दिउसो दुई बजेबाट केन्द्रीय समितिको बैठक बोलाएको छ । बाबुराम भट्टराईले पार्टी छोडेर गएपछि बस्न लागेको बैठकमा प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ । बैठकको तयारीको लागि प्रचण्डले लाजिम्पाटमा स्थायी समितिका नेताहरुसंग आन्तरिक छलफल गरेका छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि मधेसी मोर्चाले अगाडि सारेको ११ बुँदे प्रस्तावको बारमा धारणा बनाउनको लागि पदाधिकारीको बैठक बोलाएको छ । कोइराला निवास महारागन्जमा पदाधिकारी बैठक बस्न लागेको हो ।
sajhapatrika

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget