भारतमा जन्मिए अर्का मोदी, यसरी गरे नेपाललाई नाङ्गो हस्तक्षेप नेपालीले दिए कडा जवाफ

काठमाडौं, १५ मंसिर । नेपालमा नाकाबन्दी गरेर भारतका प्रधानमन्त्री नरेन्द्र मोदी निकै आलोचित छन् । सम्पूर्ण नेपाली जनताको नजरमा उनी नेपालको मुख्य दुश्मन नै गनिएका छन् ।


करिब दुई महिना अघिदेखि नाकाबन्दी लगाएर उनले नेपाली जनतालाई निकै दुःख दिएका छन् । मधेसीको बुई चढेर भारतले चाँहेजस्तो संविधान बनाउन मोदीले नाकाबन्दी लगाएको बताइन्छ । मधेसवादी दलहरुले पनि आफ्नो आन्दोलनमा भारतको सहयोग रहेको बताउँदै आएका छन् ।
यसैक्रममा भारतमा अर्का मोदी देखिएका छन् । जसले नेपालको आन्तरिक मामिलामा नाङ्गो हस्तक्षेपको प्रयास गरेका छन् । उनी हुन् विहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादव । जसले विहारमै कुखुराको चारोमा करोडौंको भ्रष्टाचार गरेका थिए ।
सोमबार साँझ यादवले नेपालका मधेसीमाथि भेदभाव रहेको भन्दै ट्वीट गरेपछि उनीपनि नेपाली जनताको नजरमा भिलेन बनेका छन् । अर्थात यादवले मोदीको डबल रोल प्ले गरेका छन् ।
पहिलो ट्विटमा मोदीले नेपालसित सम्वन्ध बिगारेको लेखेका यादवले एक घन्टापछि मधेसीमाथि नेपालमा भेदभाव भएको लेखेका थिए । उनले ट्वीट गर्दै लेखेका छन्- ‘नेपालका मधेसीहरुका विरुद्ध भएको भेदभाव र सीमान्तीकरणका विषयमा भारत सरकारले तत्काल कदम चाल्नुपर्छ ।’
मधेस नेपालको आन्तरिक मामिला भएपनि उनले भारतले एक्सन लिनुपर्ने भनेर सिधै नाङ्गो हस्तक्षेप गरेका हुन् ।  उनको त्यो आरोपमा सयौं नेपालीहरुले कडा जवाफ फर्काएका छन् ।
उनलाई जवाफ फर्काउँदै दिनेश भुसाल लेख्छन्- नेपालको संविधान पढेर मात्रै टिप्पणी गर ।’ त्यस्तै गुरुराजको टिप्पणी छ- ‘तिमी आफ्नो बिहारको ख्याल गर, जहाँ दिनदहाडै महिलाहरुमाथि सामुहिक बलात्कार भइरहेको छ ।’ शिव क्षेत्रीको आक्रोश छ- ‘यदि त्यति धेरै माया छ भने मधेसीहरुलाई बिहारमै लगेर राख ।’
यसअघिको ट्विटमा रोटी-बेटीको सम्बन्ध विगारेको भन्दै मोदीको आलोचना गरेका यादव दोस्रो ट्विटमा आफै मोदी बनेको देखाउँछ ।
sajhapatrika

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget