अब चलचित्र पनि निर्देशन गर्छु, समाजसेवामा पनि लाग्छुः राजेश हमाल

० तपाईंको आफ्नै सहायकको रुपमा काम गर्नु भएका रोशन हमालको निर्देशनमा आज रंग फिल्ममा अभिनय गर्न भयो, तपाईले अह्रनखटन गरेको मान्छेले तपाईलाई नै अह्रनखटन गर्दा कस्तो महशुस भयो ?
– त्यस्तो खास असहज नै हुने त हैन आफ्नो सहायकले निर्देशन गरेको फिल्ममा अभिनय गर्दा । त्यस्तो असहज नै भएन । उसले राम्रो काम गरिरहेको छ, यो देख्दा खुसी लाग्यो । मेरो कामै यही भएकाले फरक अनुभव भएन ।

० उहाँको निर्देशकीय क्षमता चैं कस्तो लाग्यो त ?
– सिकीराखेको छ, राम्रो भइरहेको छ गर्व लाग्छ, उसले राम्रो काम गर्दा ।

० तपाई आफै चैं चलचित्र निर्देशनमा आउने भनेको पनि एक दशक बितीसक्यो, फेरि अहिले निर्देशन गर्न लागेको भनेर हल्ला बाहिर आएको छ बास्तविकता के हो ?
– मेरो मामा दीपक रायमाझी जसले मलाई यस क्षेत्रमा ल्याउनु भएको थियो, उहाँले निर्देशन गर्दागर्दै उहाँको असामयिक निधन भएपछि डेस्टिनेशन काठमाण्डु नामक चलचित्र केही काम अधुरै थियो, त्यही चलचित्रको बाँकी काम मैले गर्ने भनेको हो ।

० यो त तपाईंको मामाले छाडेको काम पुरा गर्ने भन्ने कुरा भयो, तपाई आफैले चैं चलचित्र निर्देशन गर्ने भनेको त बर्षौ भइसक्यो नी, हैन र ?
– तपाईले भनेको कुरा सहि हो । तर म अभिनयमै बढि व्यस्त भएकाले यो विषयमा धेरै ध्यान दिन पाइन । किनभने निर्देशनमा लागेपछि फुल्ली टाइम दिनुपर्छ । तर अब चैं एउटा गतिलो फिल्म निर्देशन गर्ने तयारीमै छु, यसको लागि चाँडै प्रोडक्सन कम्पनि पनि शुरु हुँदैछ ।

० अहिले नेपाली फिल्मको ट्रेण्ड चेन्ज हुँदैछ, अहिले नेपाली फिल्म कता जाँदैछ जस्तो लाग्छ तपाईलाई ?
– जबसम्म सिनेमा बन्ने क्रम अगाडी बढिरहन्छ, त्यो क्रममा एउटा मोड आउछ जहाँबाट परिवर्तन आउँछ । अहिले त्यस्तै एउटा मोड आएको छ, यो हाम्रो लागि खुशीको कुरा हो, तर यो परिवर्तनको मोडमा थोरै राम्रा चलचित्र बने अनी तिनीहरुको कुनै नराम्रो पक्षमा केन्द्रीत भएर त्यो कुरालाई नक्कल गरेर चलचित्र निर्माण गर्ने लहड चलेको छ । जस्तो अहीले अश्लील कुराको बढि नक्कल गर्ने होड चलेको छ । यो चैं नराम्रो प्रवृति भयो । जे होस् चलचित्र पुरानै ढर्रामा अडिकनु हँदैन, नयाँ एक्सपेरिमेन्ट भइरहेको छ, यसबाट अब राम्रा चलचित्र छानिएर आउँछन् । अहिले यसो हेर्दा एक्साइटिङ फेजमा छ नेपाली चलचित्र ।

० अश्लीलताको पराकाष्ठा नाघेर चलचित्र बनिरहेका छन् नी यो राम्रो हो ?
– त्यही त एउटाले केही अश्लील विषयमा बनायो त्यो फिल्म चलिदियो अनी सवै त्यतै तिर लागे, यो चै राम्रो भएन । सोच्नुपर्ने बेला भएको छ अहिले । सिर्जनशील हुनुप¥यो चलचित्रकर्मी । अब यस्ताबाट छानिएर राम्रा चलचित्र बन्छन् आगामी दिनमा ।

० नेपाली चलचित्र अपेक्षित रुपमा सफल नहुनमा तपाईलाई पनि दोष दिन्छन् नी कतिपय । तपाईजस्तो पढेलेखेको बौद्धिक हिरो तर पैसा पाएपछि जस्तो पनि फिल्म खेल्नु हुन्छ नी ?
– आजको अवस्था हेरेर विगतको कुराको मुल्यांकन गरिनु हुँदैन । विगतमा चलचित्रको निर्माण संख्या कम थियो, त्यो मेरो नयाँ निर्माता निर्देशक यस क्षेत्रमा स्थापित गर्न पनि मेरो भूमिका रह्यो । तर कस्तो फिल्म खेल्ने छनौट गर्ने बेला चैं अब आएको छ । विगतमा मैले जे गरे स्वभाविकै थियो भन्ने लाग्छ मलाई ।

० अहिले बग्रेल्ती नयाँ हिरो आएका छन्, तपाई यी नयाँ मध्ये कस्मा बढि सम्भावना देख्नु हुन्छ ?
– को कस्तो र कति सम्भावना भन्ने समय आएको छैन । किनभने नया हिरोको आएको पनि त्यत्रो लामो समय भएको छैन । अर्को कुरा सँगै कामको मूल्यांकन गर्न पनि मलाई गाह्रो कुरा हो । सवैले राम्रै काम गरिरहनु भएको छ ।

० तपार्इं सेवा तिर रुचिको कुरा पहिला पनि आएकै हो, अब चैं तपाई समाज सेवा तिर लाग्ने भन्ने कुरा आएको छ खास के हो ?
– समाजसेवातिर मेरो पुरानै रुचि हो । म पनि धेरैको अपैक्षा पनि छ यो क्षेत्रमा आउन । समय अभावका कारण यसमा लाग्न पाइएन । जीवनको एउटा कालखण्डमा पुगेपछि आफ्नो रुचिको कुरालाई पनि सिरीयस्ली लिनुपर्छ । अब फिल्मबाट समय निकालेर पनि फाउन्डेसन मार्फत समाज सेवामा लाग्ने योजनामा छ ।

० समाजसेवामा पनि तपाईको रुचिको क्षेत्र कुन हो ?
– अनाथ बालबालिका अनी अपांगहरुलाई लक्षित गरेर काम गर्ने योजनामा छु, सायद चाँडै मेरो योजनाले मूर्तरुप पाउला ।
etajakhabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget