राजविराज– संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मंगलवार एक साता अघि प्रहरीको गोली लागेर मृत्यु भएका राजविराज १ निवासी स्वर्गिय दिलिप साहको घर पुगि शोकाकुल परिवारजनलाई भेटेका छन्
उनीसँगै उपाध्यक्ष रेणु यादव, केन्द्रिय सदस्य शैलेन्द्र साह तथा मोर्चाका नगर संयोजक लगायतले शोकसन्तप्त परिवारलाई धैर्य धारण र समवेदना जनाउँदै शहिदहरुको रगत खेर नजाने वताएका थिए । सो अवसरमा स्वर्गिय साहकी पत्नि पुनमले दोशी प्रहरीमाथि कडा कारवाही हुनु पर्ने र यसका लागि मोर्चावाट आवश्यक पहल हुनु पर्ने आग्रह गरेकी थिईन् ।
यसैबीच प्रहरीले चिकित्सकमाथि गरेको भनिएको विरोधमा १० दिनदेखि आन्दोलनरत स्वास्थ्यकर्मीहरुको आन्दोलनमा यादवले ऐक्यवद्धता जनाएका छन् । सो अवसरमा यादवले राज्यको नश्लवादी चिन्तनको उपजका रुपमा अस्पतालमा आक्रमण भएको आरोप लगाए ।
अस्पतालभित्र प्रवेश गरी स्वास्थ्यकर्मीलाई कुटपिट, दुब्र्यवहार र आतंकित गरेर प्रहरीले अन्तराष्ट्रिय कानुनको उलंघन गरेको वताएका यादवले घटनामा संलग्नलाई तत्काल कारवाही गर्नुपर्ने वताए ।
उनले स्वास्थ्यकर्मीहरुको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै माग पुरा गराउन मोर्चाले पनि आफनो स्तरवाट पहल गर्ने वताए ।
ratopati
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.