कांग्रेस पनि सडकमा ! गगन थापाहरुले पत्रकार सम्मेलन गरेर गराए जानकारी

मंसिर, काठमाडौं ।
बढ्दो कालोबजारी नियन्त्रण र मधेस आन्दोलन समाधानका लागि सरकारलाई दबाव दिन नेपाली कांग्रेस काठमाडौंले भोलि राजधानीमा बृहद दबाव र्‍याली गर्ने भएको छ ।


मधेस समस्या तत्काल संबाद मार्फत हल गर्न र कालोबजारीलाई तत्काल नियन्त्रण गर्न दबाव दिन प्रदर्शन गर्न लागिएको काठमाडौं कांग्रेस सभापति सांसद भीमसेन दास प्रधानले मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

‘अधिकार, न्याय र शान्तिको लागि दबाव’ नाम दिईरहेको र्‍याली दिउँसो १ बजे शान्तिबाटिकाबाट सुरु हुनेछ ।

मधेस आन्दोलनलाई समर्थन गर्दै नेपालमा अघोषित नाकाबन्दी गरेको भारत र समस्या समाधानमा गम्भीर नदेखिएको सरकारको ध्यान आर्कषित गर्न र्‍याली गर्न लागिएको प्रधानले बताए । उनले कांग्रेसको सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव अगाडि बढाउन आग्रह गरे ।

रिपोर्टर्स क्लवमा आयोजित पत्रकार सम्मेलनमा काठमाडौंका सांसद तथा केन्द्रीय सदस्यहरु गगन थापा, ध्यान गोविन्द रञ्जित, दिपक कुईकेल र तिर्थराम डंगोल लगायतकाले मधेसको समस्या समाधानमा सरकार उदासिन भएको बताए ।

कांग्रेस सांसदहरुले तत्काल अघिल्लो सरकारले दर्ता गरेको संविधान संशोधनलाई अगाडि बढाए मधेसको आधारभूत मागहरु पुरा हुने दाबी गरे । उनीहरुले भूकम्पबाट ध्वस्त संरचनाको नवनिर्माणका लागि पुनर्निर्माण प्राधिकरण विधेयकलाई अगाडि बढाउन माग गरे ।sajhapatrika

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget