चीनको पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ !

काठमाडौँ, १५ मङ्सिर । चीन सरकारले अनुदानस्वरुप उपलब्ध गराएको पेट्रोलको मूल्य रु १७५ प्रतिलिटर परेको छ ।
भारतको अघोषित नाकाबन्दीपछि इन्धन सङ्कटलाई केही हदसम्म राहत दिने उद्देश्यले नेपाल सरकारको आग्रहमा चीनले १३ लाख लिटर पेट्रोल अनुदानमा उपलब्ध गराएको थियो ।
सो परिणामको इन्धन नेपाल आयल निगमले आयात गरिसकेको छ । आयात भएको इन्धन बजारमा समेत गइसकेको छ । चीन सरकारले नेपाल सरकारलाई वार्षिक रुपमा प्रदान गर्ने आर्थिक तथा प्राविधिक अनुदानबाट कटौती हुने गरी ११ मिलियन आरएमबी बराबरको पेट्रोल उपलब्ध गराएको हो । चीनले रु १८ करोड २९ लाख ३० हजार बराबरको इन्धन उपलब्ध गराएको हो ।
चीनले अनुदानमा उपलब्ध गराए पनि भन्सार, सडक कर, आयातलगायतको मूल्य जोड्दा प्रतिलिटर रु १७५ पर्न आएको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
चीनले उपलब्ध गराएको पेट्रोलको मूल्य प्रतिलिटर ८.४६ आरएमबी पर्छ । आरएमबीको मङ्गलबारको खरिद दर नेपाल राष्ट्र बैंकका अनुसार रु १६.६३ पैसा रहेको छ । सोको परिमाणअनुसार प्रतिलिटर पेट्रोलको मूल्य रु १४०.७१ पैसा हुन आउँछ ।
सो मूल्यमा सडक कर, मूल्य अभिवृद्धि कर तथा भन्सार शुल्क जोड्दा रु ३५ हुन जान्छ । सबै मूल्य जोड्दा चीनबाट अनुदानमा ल्याइएको पेट्रोलको मूल्य रु १७५.८८ पर्न आएको हो ।
भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई करबाहेक रु ४५ प्रतिलिटरमा इन्धन उपलब्ध गराउँदै आएको छ । रक्सौलमा निगमको ट्याङ्करले इन्धन भर्दा सो मूल्य तिर्नुपर्छ । त्यसमा सम्पूर्ण सरकारी राजस्व एवम् मूल्य अभिवृद्धि कर रु ३१.७१ पैसा थप हुन्छ । त्यसैगरी ढुवानी भाडा रु १.९८, बिमा शुल्क रु ०.०३, मूल्य स्थिरीकरण कोषमा रु ०.५२, निगमको प्रशासनिक एवम् बिक्री खर्च रु ०.५०, प्राविधिक नोक्सानी रु ०.६०, ऋणको व्याज रु दुई, ऋणमा भुक्तानी रु ५.५, निगमको नाफा प्रतिलिटर रु १२.२०, पेट्रोलियम बिक्रेता कम्पनीलाई रु ३.५६ र खुद्रा बिक्री मूल्य रु १०४ पर्न आउँछ ।
अनुदानमा उपलब्ध गराइएको हुनाले चीनबाट आयात गरिएको पेट्रोलको मूल्य बढी पर्न आए पनि व्यावसायिक रुपमा इन्धन आयात गर्दा भारतबाट आयात भएको मूल्य बराबर नै पर्न जाने निगमको भनाइ छ । अनुदानको पेट्रोल बेच्दा निगमलाई प्रतिलिटर रु ७१.८८ घाटा भएको जनाइएको छ । सो घाटालाई नेपाल सरकारले मिनाहा गर्ने बताउँदै आएको छ ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव शिवप्रसाद त्रिपाठीले चीनबाट आयात गर्ने व्यावसायिक इन्धनको मूल्यमा भने फरक नपर्ने र भारतबाट आयात हुने इन्धनकै मूल्य बराबर पर्ने मन्त्रालयले विश्वास लिएको जानकारी दिनुभयो । रासस
dainiknepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget