अर्थमन्त्री भन्छन्, ‘नआत्तिनुस गर्दैछौँ,’ उद्योगी भन्छन्, ‘के गर्दै हुनुहुन्छ भन्नुस्’

काठमाडौं – अर्थमन्त्री विष्णु पौडेलले नाकाबन्दीबाट उत्पन्न समस्या चाँडै समाधान हुने गरी सरकार लागिरहेको बताईरहँदा उद्योगीहरुले भने सरकारले के गर्दै छ भनेर देखाउन माग गरेका छन् । लगातारका विपत्तीले गर्दा उद्योगी संकटमा परेको भन्दै उद्योगीले सरकारले उद्योगका समस्या समाधानका लागि के गरिरहेको छ प्रष्ट पारेर जनतालाई आस्वस्त बनाउन माग गरेका हुन् ।


‘सरकारले संकटबाट देशलाई मुक्त बनाउन काम गरिरहेको छ, परिणाम नआउँदासम्म सरकारले केही गरेको छैन कि भन्ने बुझ्नु स्वभाविक हो,’ काठमाण्डौमा आयोजीत एक बहस कार्यक्रममा अर्थमन्त्रीले भने । त्यसकोजवाफ माग्दै उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले भने ‘मन्त्री ज्यूले गरिरहको छाँै त भन्नुहुन्छ तर के गरिरहेको छ जनतालाई थाहा दिनुप¥यो ।’
अर्थ मन्त्री पौडेलले अघोषित नाकाबन्दी हटाउनका लागि कुटनीतिक र वार्ताको माध्यमबाट पहल भैरहेकोले अब छिट्टै समाधान हुने बताए । उनले यो समस्या सरकारका कारण सिर्जना नभएको तर समस्याका कारण निकै चिन्तित भएको बताए । ‘यो समसया यो वा पूर्ववर्ति सरकारले सिर्जना गरेको हैन,’ उनले भने ‘विरासतका कारण हो, हामी चिन्तित छौँ, यो चुनौती सामना गर्न सरकार तत्पर छ ।’उनले नेपालीहरु कसैका शत्रु नभएको भन्दै दुनियासंग मित्रवत रुपमा सम्बन्ध अगाडी बढाउन चाहको बताए ।
उद्योग वाणिज्य संघका उपाध्यक्ष श्रेष्ठले मन्त्री गम्भिर र चिन्तित भएर मात्रै समस्या समाधान नहुने बताए । ‘हामी मजदुरलाई तवल खुवाउनुपर्छ, बैंकको व्याज तिर्नुपर्छ र सरकारलाई राजस्व तिर्नै पर्छ ।’ उनले भने मन्त्री गम्भिर र चिन्तित हुनुहुन्छ तर चिन्तित र गम्भिर भएर मात्रै समस्या समाधान हुँदैन ।
कार्यक्रममा बैंकर्स एसोसिएसनका अध्यक्ष उपेन्द्र पौडेल मन्त्रीले स्वेतपत्रमा सार्वजनिक गरे अनुसारको आर्थिक बृद्धि रहेमा भगवानको कृपाले मात्र संभव भएको बताए । ‘श्वेतपत्रमा देखेको ग्रोथरेट रह्यो भने पशुपतिनाथलाई धन्यवाद दिनुपर्छ,’ उनले भने ‘त्यो भन्दा घट्छ ।’
पर्यटन व्यवासयी संघ नेपाल (टान) का अध्यक्ष चन्द्र रीजालले भने देशको अर्थतन्त्र धरासायी भए पनि आशावादी भएर बस्नुपर्ने बताए ।
ratopati

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget