मुम्बई । एउटा प्रेम विछोडको मूल्य २१ करोड हुन सक्छ ? यो वाहियात कुरा लाग्न सक्छ । तर, यस्तो पनि हुँदोरहेछ ।
यो कुरालाई बलिउडका चर्चित अनुहार रणवीर कपुर र कटरीना कैफले पुष्टि गरिदिएका छन् । भारतीय सञ्चारमाध्यमको रिपोर्टअनुसार कटरीनासँग अलग हुँदा रणबीर कपूरले २१ करोडको मूल्य चुकाउनुपरेको छ ।
कैयौ वर्षदेखि दुबैको प्रेम कहानी अनौठो तरिकाले केही दिन पहिला समाप्त भएको छ । ब्रेकअपबाट बच्न दुबैले धेरै प्रयास गरेपनि अन्ततः विछोड भयो । यद्यपी जे होस् दुबै आ–आफ्नो बाटो लागिसकेका छन् ।
तर, ब्रेकअपले २१ करोडको मूल्य चुकाएको छ । त्यो मूल्य रणवीरले चुकाउनुपरेको छ । एउटा सिंगै फ्ल्याट लिएर लिव–इन रिलेशनमा सँगै बसिरहेका दुबै जनाले ब्रेकअपपछि फ्ल्याट छाडे । रणबीर फ्ल्याट छाडेर घर गए ।
त्यो फ्ल्याटको भाडा मासिक १५ लाख थियो । जून दुबैले बराबर तिर्थे तर, त्यसको सुरक्षाका लागि रणबीरले २१ करोड रुपैयाँ जम्मा गरेका थिए । दुबै जना आफ्नो प्रेम सम्बन्धमा एक वर्षसम्म यसै फ्ल्याटमा बसे । आफ्ना सबै सामान ल्याएर सजाए । तर, अन्तिममा सबै बेकार भएको छ । रणवीरको २१ करोड डुबेको छ ।
dainiknepal
Post a Comment