ब्रेकअप मिलाउन रणविरकी आमालाई लन्डनबाट फोन !

एजेन्सी, मुम्बई, माघ २१

पछिल्लो साता बलिउड अभिनेता रणविर कपुर र क्याटरिना कैफको 'ब्रेकअप'को समाचारले बलिउड तात्यो। क्याटरिनाले पनि जबसम्म विहे हुँदैन् जबसम्म मान्छे 'सिगंल' हुन्छ भन्ने अभिव्यक्ति दिइन्। यसले उनहरुको प्रेममा केहि भएको भन्ने कुरा थप बल पायो। उनीहरुको सम्बन्धको सुरुवातदेखि नै रणविरकी आमा नितु कपुर खासै खुशी नरहेको बताइदै आइएको थियो।
त्यस्तै रणविर र क्याटरिना एउटै घरमा बस्न थालेको समाचार पनि आए। उनीहरुको ब्रेकअपसँग सम्बन्धित  नयाँ हल्ला बाहिरिएको छ। नयाँ चर्चा अनुसार क्याटरिना कैफकी आमाले लन्डनबाट रणविरकी आमा नितुलाई रणविर र क्याटरिनाविच रहेको मतभिन्नतालाई समाधान गर्न फोन गरेकी छन्। फोन गरेको भन्ने चर्चा चलेपनि यसको पुष्टि भने हुनसकेको छैन्।
क्याटरिनाकी आमालाई रणविरकी आमाले क्याटरिनासँग छुट्टिने निर्णय आफ्नो छोराको भएकाले त्यस मामलामा धेर केहि गर्न नसकिने जवाफ दिएको एक भारतीय संचारमाध्यमले श्रोतको हवाला दिदैं लेखेको छ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget