कालो हरिणको शिकारमा निर्दोष रहेको भनाइ
नयाँ दिल्ली: बलिउड अभिनेता सलमान खान कालो हरिण शिकारको मुद्दामा एक पटक फेरि अदालत पुग्न बाध्य भएका छन्।
उनी कालो हरिणको शिकार मुद्दा र सैन्य मुद्दामा बयान दिनका लागि भारतको जोधपुर अदालतमा बिहीबार पेश भएका हुन् ।
सलमान अदालतमा आफ्नो बयान लेखाएका छन् । सलमानले अदालतमा आफू निर्दोष रहेको बताउँदै आफूलाई झुटो मुद्दामा फसाएको तर्क गरेका छन् । उनले पुलिसको दबाब आफूविरुद्ध बयान दिन लगाइएको आरोप पनि लगाए ।
सलमान खानमाथि जोधपुर नजिकै कालो हरिणको शिकार गर्न अवैध हतियार राखेको आरोप लागेको छ। उनिमाथि फौजदारी कानुन अन्तर्गत मुद्दा चलाइएको हो ।
उनले चलाएको हतियारको लाइसेन्स २२ डिसेम्बर १९९८ मा समाप्त भएको थियो । लाइसेन्सको म्याद गुज्रेपछि २ अक्टोबर १९९८ सम्मा त्यो हतियार आफूसँगै राखेर कालो हरिण मारेको अभियोग उनिमाथि लागेको छ ।
यस मामिलामा सलमानले यसअघि पनि पटक पटक आफ्नो भनाइ सार्वजनिक गरिसकेका छन् । सलमानका वकीलले केही साक्षीहरुको बयान फेरि गराउन माग गरेका थिए । अदालतले वकीलको मागलाई स्वीकार गरेको थियो । पाँचजना साक्षीले फेरि बयान दिएपछि सलमानले पनि अदालतमै पुगेर फेरि बयान दोहोर्याउनु परेको हो ।
सन् १९९८ १-२ अक्टोबरककी राति कालो हरिणको शिकारसँग जोडिएको मामिलमा सलमानका अलावा बलिउडका चर्चित कलाकारहरु सैफ अली खान, सोनाली बेन्द्रे, तब्बु र नीलमपनि आरोपी रहेका छन् ।
यी सबै कलाकारहरु त्यो बेला राजश्री प्रोडक्सन्सको फिल्म ‘हम साथ साथ है’ कफो सुटिङका लागि जोधपुरमा रहेका थिए । सलमान र अन्यविरुद्ध कुल चार मामिला जोधपुर पुलिसले अदालतमा दर्ता गरेको थियो । यी मध्ये तीन मामिला कालो हरिणको शिकारक थिए । त्यस्तै अर्को एक मामिला सलमानले अवैध हतियार राखेको अभियोगमा थियो ।
annapurnapost
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.