नयाँ दिल्ली – अक्षय कुमारलाई पछि पार्दै सलमान खान सन् २०१५ मा अग्रिम कर बुझाउने बलिउड स्टार बनेका छन् । इन्कम ट्याक्स डिपार्टमेन्टका अनुसार सलमानले २० करोड रुपैयाँ अग्रिम कर बुझाएका छन् जबकी अक्षयले १६ करोड रुपैयाँ बुझाएका छन् ।
इनकम ट्याक्स अफिका अनुसार सलमान र अक्षयपछि रणवीर कपुर, शाहरुख खान र अमिताभ बच्चा आउँछन् । मुम्बाईको आइटी डिपार्टमेन्टले थर्ड क्वाटरसम्म सम्मको तथ्यांक सार्वजनिक गरेको हो । जनवरी देखि मार्चसम्मको तथ्यांक हेरेर पूरा आर्थिक वर्षमा कसले बढी कर तिर्यो भन्ने पत्ता लाग्नेछ ।
२० करोड अग्रिम कर बुझाएका सलमानको बजरंगी भाइजानले विश्वभर ६ सय करोड कमाएको थियो भने प्रेम रतन थप पायोले २ सय करोड कमायो । त्यस्तै १६ करोड बुझाएका अक्षयको सन् २०१५ मा बेबी, ब्रदर्स, गब्बर इज ब्याक र सिंह इज ब्लिङ्ग रिलिज भएको थियो जसले राम्रो आम्दानी गरेको थियो । हालै रिलिज भएको एयरलिफ्टले पनि राम्रै कामाई गरिरहेको छ ।
रणविरले १५ करोड रुपैयाँ अग्रिम करको रुपमा बुझाए भने शाहरुख खान र अमिताभ बच्चनले क्रमशः १४ करोड ८.७५ करोड बुझाएका छन् ।
ratopati
Post a Comment