तरकारी खेती गरेका ‘सेवक’ भन्छन्- दुई बर्षमा कार चढ्छु

बिहानै उठ्ने, नित्यकर्म गर्ने, अनि बारीमा गएर तरकारी गोड्ने, सिंचाई गर्ने, बारी खन्ने यस्तै काममा व्यस्त छन भरत बोहरा ‘सेवक’।

तत्कालीन नेकपा माओवादीले २०५२ सालमा सुरु गरेको सशस्त्र संघर्षका क्रममा २०६० सालदेखि भूमिगत जीवन बिताएका एनेकपा माओवादीका नेता भरत बोहरा ‘सेवक’ अहिले तरकारी खेतीमा लागेका छन्। डोटीको गैरागाउँमा जन्मेका बोहरा तरकारी खेतीबाट भएको आम्दानीले दुई बर्षमा कार चढ्ने सोचमा छन्।

 दिपायल सिलगढी नगरपालिका–१ मा १० रोपनी जमिनमा तरकारी खेती गर्दै आएका उनी खेती थप विस्तार गर्ने तयारीमा छन्।

 “अहिले १० रोपनीमा गर्दै आएको छु, नयाँ बर्ष देखि थप २० रोपनी गर्ने योजना बनाएको छु” उनले भने। ५० रोपनीसम्ममा तरकारी खेती गर्ने उनको योजना छ। तरकारी खेतीबाटै राम्रो आम्दानी हुने र राष्ट्रलाई पनि आत्मनिर्भर बनाउन सहयोग पुग्ने भएकाले आफू तरकारी खेतीमा लागेको उनको भनाई छ।

 बारीमा अहिले टमाटर, काँक्रा, लौका, भेण्डी, खुर्सानी, मुला, धनीया, घ्यूसिमी, भाण्टा जातका तरकारी लगाउन उनले सुरु गरेका छन्। प्रांगारिक तरकारी उत्पादनलाई जोड दिनेगरी आफूले व्यवसाय गर्ने उनी बताउँछन्।

क्रान्तिकारी पत्रकार संघका केन्द्रीय सदस्य समेत रहेका बोहरा अहिले दिनभर तरकारी बारीमा ब्यस्त छन। भन्छन् “म किसानको छोरा कृषि गर्छु, मलाई कुनै दुखेसो छैन, तरकारी बारीमा पुग्दा आनन्द आउँछ।”
 setopat

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget