भारतभर छाए कन्हैया कुमार

२२ फागुन,काठमाडौं । यतिखेर भारतिय टेलिभिजनको प्राइम टाइम, अखबरका प्रमुख हेडलाइन र अनलाइन समाचारका मुख्य स्थानमा एउटा नाम छ- कन्यैया कुमार। देश द्रोहको आरोपमा प्रहरी द्धारा प्रकाउ परेपछी   उनी २२ दिनपछी तारिख छुटेका हुन् ।

छुटे लगतै उनले गरेको एक भाषण इन्टरनेटमा भाइरल भयो।  जवाहर लाल नेरु विश्वविद्यालका विद्यार्थी युनियनका सभापति कन्हैया कुमारको पक्ष सोसियल मिडियामा समेत ठुलो लहर छ। उनि ट्विटर ट्रेण्ड गर्दैछन् भने फेसबुकमा बहसको विषय बनेका छन्। उनको ४० मिनेट भन्दा लामो भिडियोले भारतभर तरंग पैदा गरेको छ।

जेएनयुमा भएको विद्यार्थी आन्दोलन भारत विरोधी नारा लागेको भन्दै प्रहरीले कन्हैया कुमात सहितका विद्यार्थीलाई पक्राउ गरेको थियो। केही भारती मिडियासमेत साच्चै राष्ट्रद्रोह गरेको भन्दै सनसनीपुर्ण भिडियोहरु प्रसारण गरेका थिए। तर २२ दिनको जेल पनि कन्हैया कुमार अप्रत्याशित शुरमा भारतभरि छाए। उनलाई वर्तमान राजनैतिक दलको विकल्पका रुपमा समेत पेश गर्न थालिसकिएको छ ।उनको दमदार भाषणलाई ठुला टेलिभिजन मिडियाहरुले प्रत्यक्ष प्रसारण गरेका थिए।

उनले भाषणमा प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रिय स्वयम सेवक संघमाथि जोडदार हमला बोलेका छन्।

२२ दिन अगाडी सम्म कन्हैया कुमारलाई परिचय ठुलो थिएन। जवहारलाल विश्वविद्यालय परिसर भित्र मात्र उनको नाम थियो तर यतिखेर उनि जबरजस्त रुपमा राजनैतिक विकल्पका रुपमा उदाएका छन्।
nepaliheadlines

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget