पक्राउ पर्नेमा कपन, आकाशे धारा निवासी राजेश भारती छन् । उनले संचालन गरेको रारा एडिएस इन्टरप्राइजेसबाट उक्त परिमाणको सिलिन्डर फेला पारिएको थियो ।
यस्तै कलंकीस्थित गोर्खा मनकामना तरकारी तथा कृषि बजारमा रहेको उग्रचण्डी स्टोरबाट ३२० लिटर पेट्रोल, ५० लिटर डिजल तथा १२५ लिटर मट्टितेलसहित यशोदा बजगाँईलाई समेत पक्राउ गरेको छ ।
केहीदिन यता अपराध महाशाखाले पेट्रोलियम पदार्थको कालोबजारी गर्नेलाई पक्राउ गर्न फेरी तदारुपता देखाउन थालेको छ । ‘हामीले नाकाबन्दी भए यता पेट्रोलियम पदार्थको कालोबजारी गर्ने थुप्रैलाई नियन्त्रणमा लिएर कारवाही अगाडी बढाएका छौं,’ अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले भने, ‘अहिले केहीदिन यता फेरी अप्रेसन सुरु गरेर ठूलो मात्रामा कोलोबजारी भइरहेको पेट्रोल, डिजल तथा ग्यास बरामद गर्न सफल भएका हौं । आज पक्राउ गरेको ग्यास सिलिन्डरको संख्या अहिलेसम्मकै धेरै हो ।’
शनिबार पनि महाशाखाको टोलीले १६५० लिटर पेट्रोल, ११३५ लिटर डिजल र १३५ लिटर मट्टितेल विभिन्न ठाउँबाट बरामद गरी कब्जामा लिएको थियो । उक्त परिमाणको पेट्रोलियम पदार्थसहित काठमाडौंका विभिन्न स्थानबाट ६ जनालाई नियन्त्रणमा लिएर कारवाही प्रकृया अगाडी बढाएको थियो ।
‘हामी कुनै पनि हालतमा बजारमा पेट्रोलियम पदार्थको कालोबजारी भएर सर्वसाधारणले दु:ख पाएको टुलुटुलु हेरेर बस्दैनौं,’ एसएसपी खनालले भने, ‘कालोबजारीमा संलग्न जो कोहीलाई पनि कारवाही गर्छौं ।’
ekantipur
Post a Comment