नेपालमा सबैभन्दा बढी ग्राहक भएको टेलिकम कम्पनी नेपाल टेलिकमको ‘सिस्टम कन्ट्रोल’ ह्याकरको हातमा पुगेको छ । ह्याकरहरूले नेपाल टेलिकमको सिस्टम ह्याक गरेर आफ्नो नियन्त्रणमा लिएको दाबी गरेका हुन् ।
यद्यपी टेलिकमले यो दावी अस्वीकार गर्दै ‘सिस्टम कन्ट्रोल’ आफ्नो प्रणालीमै सीमित रहेको जानकारी दिएको छ । केही दिन यता सामाजिक सञ्जालमा फेलिएको एक म्यासेजमा ह्याकरले नेपाल टेलिकमभित्र ठूलो स्तरमा ‘भ्रष्टाचार’ भइरहेको र त्यो उनीहरूले अनुगमन गरिरहेको दाबी गरेका छन् ।
टेलिकमले ग्राहकलाई एडिएसएलबाट र ब्रोडब्यान्डबाट पाँचदेखि ६ एमबी डाटा पठाउनुपर्नेमा एक एमबी वा त्योभन्दा कम पठाइरहेको उनीहरूको दाबी छ ।
टेलिकमभित्र भ्रष्टचार बढिरहेको, ग्राहकले किनेको भन्दा कम डाटा पठाएको आफूहरुले फेला पारेको ह्याकर बताउनेले फेसबुक वालमा दाबी गरेका छन् । ‘हामी तिमीहरूलाई हेरिरहेका छौं, हेरिरहेका थियौं र हेरिरहने छौं, उनीहरुको दावी छ ‘हामीलाई एनटिसीमा दर्ता भएको तपाईंको प्राइभेट नम्बर पठाउनुस्, हामी तपाईंको पूर्ण विवरण पठाउँछौं’ह्याकरको फेसुबुक म्यासेजमा भनिएको छ ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.