साढे ५१ हजारबाट घट्यो सुनको भाउ


अघिल्लो दिनको मूल्य साढे ५१ हजारबाट सुन घटेको छ। प्रतितोला २ सय रुपैयाँले मात्रै सुनको भाउ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवारका लागि सुनको भाउ प्रतितोला ५१ हजार ३ सय रुपैयाँ कायम भएको छ।

चाँदीको भाउमा भने तोलामा ५ रुपैयाँले कमी आएको छ। चाँदीको भाउ शुक्रवारका लागि प्रतितोला ६ सय ९० रुपैयाँ कायम भएको छ।

विश्व सेयर बजारमा आएको गिरावटले लगानीकर्ताहरु सुनमा आकर्षण भएसँगै पछिल्ला दिनमा सुनको भाउ महँगिएको छ।

डलरसित चिनियाँ मुद्रा कमजोर बन्नु, कच्चा तेलको मूल्य घट्नु र विश्व आतंकवादबिरुद्ध कदम बढाइँदा पनि लगानीकर्ताहरु सुनप्रति आकर्षित भएका हुन्।
setopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget