आयात भएको ग्यास बुलेट खाली गर्न कठिनाइ, धादिङका १३ उद्योगका नौ लाख सिलिन्डर बजारमै

फाल्गुन ९, २०७२- आधा ग्यास वितरणका कारण सिलिन्डर बजारमै ‘होल्ड’ भएपछि उद्योगको नाममा आएको ग्यास बजार पठाउन कठिन भएको हो । अघोषित नाकाबन्दीपछि आधा सिलिन्डर मात्रै ग्यास वितरण गर्ने सरकारी निर्णयले यहाँका उद्योगका ७५ प्रतिशत सिलिन्डर बजारमै अडेका हुन् ।

ग्राहकहरूकोमा आधा ग्यास सिलिन्डर धेरै रहेको भण्डारणका नाममा रहेको र रित्तो नफर्काएपछि समस्या भएको हो । यसले थप ग्यास बजार लैजान समस्या पारेको उद्योगीहरूले बताएका छन् । उनीहरूका अनुसार बुलेटमा भएको ग्यास ग्राहकसमक्ष पुर्‍याउन सकिएको छैन ।

आयात गरिएको ग्यास उद्योगमै थन्किएको छ । ‘१४ केजी नै ग्यास भर्ने अनुमति पाए समस्या समाधानमा सहयोग पुग्ने थियो,’ एचपी ग्यासका व्यवस्थापक एलके शर्माले भने । भारतले नाकाबन्दी खोलेसँगै ग्यास आयातमा सहज भएको छ । तर, नाकाबन्दीको समयमा नेपाल आयल निगमले निर्णय गरेको आधा ग्यास वितरणको प्रणाली परिवर्तन भएको छैन ।

उद्योगी, निगम र बिक्रेताहरूबीचको विवादले उक्त निर्णय परिवर्तन हुन नसकेको हो । उक्त कारणले भारतबाट ग्यास ल्याउने बुलेटहरू उद्योगमै थन्केका हुन् । उद्योगको भण्डारण क्षमतामा आयातित ग्यास नअटेर बुलेटमै राख्नुपरेको छ ।

हालसम्म भण्डारण जुगेखोलाको एसटीसी, सिद्धार्थ, थाक्रेस्थित खेतान समूहको एचपीलगायत सबैजसो उद्योगमा ४ बुलेट ग्यास थन्किएका छन् । भण्डारण गर्ने बुलेट पनि खाली नभएकाले ग्यास बुलेटमै राख्नुपरेको हो । ४ वटा बुलेटका ग्यासले ५ हजारवटा भरि सिलिन्डर (१४ दशमलव २ किलो) हुन आउँछ । तर सरकारको वितरणसम्बन्धी नीति र बिक्रेता तथा उद्योगीहरूबीचको विवादका कारण उक्त ग्यास थन्किएर बसेको हो ।

बजारमा भने ग्राहकले ग्यास नपाएर सास्ती भोग्दै आएका छन् । ‘नाकाबन्दीपछि आधा सिलिन्डर मात्रै बजार पठाउने प्रावधानले १० लाखमध्ये अहिले ९ लाख बजारमा होल्ड भएका हुन्,’ प्रहरी नायब उपरीक्षक सबिन प्रधानले भने, ‘उद्योगसँग अहिले करिब १ लाख रित्ता सिलिन्डर मात्र छन् ।

ग्यासका बुलेट आइरहे पनि खाली सिलिन्डरकै अभाव छ ।’ खाली भनिएका उक्त सिलिन्डरले केही दिनलाई मात्रै ग्यास भर्न र बजार पठाउन सकिन्छ । आधा सिलिन्डर नै पठाउनुपर्ने भएकाले थप सिलिन्डर होल्ड हुनेछन् । यहाँबाट खेतान समूहले राजधानीको बजारमा सबैभन्दा बढी १ लाख ८८ हजार सिलिन्डर पठाउने गरेको छ ।

समूहको चालिसेस्थित हिमालय पेट्रो केमिकल्समा भर्न ल्याइएका सिलिन्डर ६ हजार मात्र छन् । एउटा बुलेटबाट आधा भर्ने हो भने २ हजार ५ सय सिलिन्डर खपत हुन्छ । धादिङका १३ वटा ग्यास रिफिल गर्ने उद्योगले हालसम्म करिब १० लाख सिलिबडर बजार पठाएका छन् । सामान्य अवस्थामा दैनिक २० हजार सिलिन्डर बजार पठाउने गरेका थिए । हालको व्यवस्थाका कारण भएको ग्याससमेत सर्वसाधारणलाई पठाउन कठिन भएको छ ।

उद्योगहरू घरायसी प्रयोजनका लागिभन्दा पनि छिटै प्रयोग गरेर एकमुष्ट फिर्ता गर्ने होटल र रेस्टुरेन्टलाई नै सिलिन्डर बिक्री गर्न रुचाउँछन् । उद्योगहरूले आसपासका होटल र स्थानीयलाई १४ केजीको ५ हजारमा बेचेर नाफा कमाएका थिए । राजधानीका होटल र रेस्टुरेन्टमा १४ केजीको सिलिन्डरलाई ६ हजार र आधालाई ४५ सयसम्म बचेका थिए ।
ekantipur
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget