सुनको भाउ आज थोरै घट्यो

केही दिनदेखि लगातार महँगिदै गएको सुनको भाउ साताको दोस्रो दिन सोमबार सामान्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमवार सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले घटेको हो । शुक्रबार प्रतितोला ५२ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार भने ८ सयले बढेर ५३ हजार ३ सय रुपैयाँ पुगेको थियो । सोमवार ३ सय रुपैयाँ घट्दै प्रतितोला ५३ हजार रुपैयाँमा कारोबार भएको छ ।





त्यसैगरी सोमवार तेजावी सुन प्रतितोला ५२ हजार ७ सय ५० रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तराष्ट्रयी बजारमा डलरको भाउमा आएको उत्तारचढावको कारण नेपाली बजारमा सुनको भाउमा केही गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । सुनको भाउमा केह िगिरावट आए पनि चाँदीको भाउ भने यथावत रहेको छ । शुक्रबार चाँदी प्रतितोला ७ सय रुपैयाँमा कारोवार भएकोमा आइतबार १० रुपैयाँले बढेर ७ सय १५ रुपैयाँ पुगेको थियो र सोमवार पनि सोही भाउमा कारोबार सुरु भएको छ महासंघले जनाएको छ ।

news24nepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget