६ फागुन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एक सुट आज लिलामी हुँदैछ, जसमा उनको नाम लेखिएको छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामा भारत आउँदा मोदीले लगाएको उक्त सुटमा सुनौलो अक्षरले उनको नाम नरेन्द्र दामोदर मोदी लेखिएको छ । झण्डै १० लाख भारु पर्ने आफ्नै नाम भएको कोट लगाएको भन्दै मोदीको आलोचना भएको थियो ।
यो सुटका साथै उनलाई उपहार आएका ४२५ अन्य बस्तुहरु पनि बिक्री हुने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । लिलामी कार्यक्रम सूरतको सिटी-लाइट्स रोड स्थित विज्ञान सम्मेलन केन्द्रमा हुने छ ।
लिलामीबाट प्राप्त रकम गंगा नदी सरसफाई अभियानमा प्रयोग गरिने छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.