स्तन देखाएको आरोपमा देश निकाला गरिएकी इरानी नायिका पुनः विवादमा

छोरीको स्तन काटिदिने परिवारलाई धम्की

 February 12, 2015

पेरिस, माघ २९ (एजेन्सी) – सन् २०१२ मा एक फोटोसुटको दौरान स्तन देखाएको आरोपमा देश निकाला गरिएकी इरानी नायिका गोल्सिफते फरहानी पुनः विवादमा फँसेकी छिन् । यस पटक फ्रान्सको पत्रिका इगोइस्टीका लागि नग्न फोटोसुट गराएपछि इरानमा पुनः विवादमा परेकी छिन् ।
चर्चित फोटोग्राफर पाओलो रोभर्सीले खिचेको श्यामस्वेत तस्विरमा फरहानी पत्रिकाको कभरमा देखिएकी छिन् ।
इरानका अधिकारीहरुले तेहरानमा रहेका उनका परिवारलाई फोन गरेर उनलाई सजाय दिने धम्की दिएका छन् । अल अरेबिया न्युजका अनुसार इरानी अधिकारीहरुले उनको पितालाई फोन गर्दै फरहानीको स्तन काटेर प्लेटमा राखेर परिवारलाई दिने धम्की दिएका छन् ।


३१ वर्षीय फरहानीलाई सन् २०१२ मा फ्रान्सको एकाडेमी अवार्ड भनेर चिनिने सिर्जास्को लागि अन्य कलाकारहरुसँग स्तन देखाएको भन्दै देश निकाला गरिएको थियो । अहिले उनी आफ्नो पतिसँगै पेरिसमा बस्दै आएका छन् ।
फरहानीलाई इरानबाट हलिवुडमा नाम कमाउने पहिलो नायिकाका रुपमा लिइन्छ । लियोनार्डो डिक्याप्रियोसँग चर्चित फिल्म ‘बडी अफ लाइज’ मा काम गरेकी उनले हालै मात्र अस्कर बिजेता नायक क्रिस्टियन बेलसँग ‘एक्सोडसः गड्स एण्ड किंग’ मा देखापरेकी थिइन् ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget