भ्यालेन्टाइन्स डे को लागि ४० लाखको गुलाफ

२९ माघ, ललितपुर ।


आउँदो प्रणय दिवसका लागि करिब रु ४० लाखको रातो गुलाफको फूल काठमाडौँ भित्रिएको छ । रातो गुलाफ प्रेमको प्रतीक मानिन्छ ।



‘फ्लोरीकल्चर एसोसिएसन’का अध्यक्ष लोकनाथ गैरेका अनुसार यस वर्ष प्रणय दिवसका लागि एक लाखवटा रातो गुलाफ भारतबाट ल्याइएको हो । गत वर्ष यो दिवसमा एक लाख ५० हजारवटा गुलाफ खपत भएको थियो । अध्यक्ष गैरेका अनुसार गत वर्षको तुलनामा फूलको आयात कम भए पनि मूल्य भने बढेको छ ।

आयात गर्दा प्रति फूलको गत वर्षकोभन्दा रु १० मूल्य बढी तिरेको व्यवसायीले बताएकाछन् । उपभोक्ताले प्रति फूलको रु १०० सम्म तिर्नुपर्छ । अघिल्लो वर्ष प्रति फूलको मूल्य रु ७० थियो । भित्र्याइएको रातो गुलाफ ९५ प्रतिशत राजधानीमै खपत हुन्छ । पाँच प्रतिशत मात्र बाहिरिने एसोसिएसनले जनाएको छ ।

एसोसिएसनका अनुसार हरेक वर्ष यो फूलको माग बढे पनि नेपालमा उत्पादन कम छ । राजधानी तथा नुवाकोट, चितवन र काभ्रेपलाञ्चोक जिल्लामा रातो गुलाफ उत्पादन हुन्छ । दिनप्रतिदिन प्रणय दिवसको महत्वसँगै रातो गुलाफको माग र मूल्य पनि बढ्दै गएको छ । हरेक वर्ष प्रणय दिवस फेब्रुअरी १४ तारिखमा मनाइन्छ । मायाको प्रतीकका रुपमा यो फूल उपहारका रुपमा आदानप्रदान गर्ने गरिन्छ । रासस

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget