नारायणकाजीले दिय भारतीय जनता पार्टीकी नेतृलाई यस्तो चेतावनी


बुधबार, फाल्गुण ६,
एकीकृत नेकपा माओवादी उपाध्यक्ष तथा पूर्वपरराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले नेपालका बारेमा जथाभावी नबोल्न भारतीय जनता पार्टीकी नेतृलाई चेतावनी दिएका छन् ।


नेपाल भ्रमणमा रहेकी भाजपा उपाध्यक्ष रेणुदेवीले ‘जातीय संघीयतामा गए नेपाल टुक्रा–टुक्रा हुन्छ’ भनी दिएको अभिव्यक्तिप्रति श्रेष्ठले कडा रोष प्रककट गरेका छन् ।

भाजपा उपाध्यक्ष रेणुदेवीले मंगलबार रिपोर्टस क्लबको कार्यक्रममा बोल्दै नेपालको विकासका लागि जातीय संघीयता, धर्मनिरपेक्षता र कम्युनिस्ट व्यवस्था गलत हुने टिप्पणी प्रति प्रतिक्रिया जनाउँदै उनले आफ्नो माइक्रो ब्लगिङ साइट ट्विटरमा प्रतिक्रिया जनाएका हुन् ।

 उनले सामाजिक सञ्जालमा नेपाली जनताको सार्वभौमसत्तासम्पन्न अधिकारलाई अवमूल्यन गर्न खोजेको बताएका छन् ।

धर्म निरपेक्ष हुने वा नहुने वा अरु केही हुने भन्ने नेपाली जनतासँग सम्बन्धित विषय हो भन्दै श्रेष्ठले रेणुदेवीको आलोचना गरेका हुन् ।

रेणुदेवीले चीनलाई संकेत गर्दै नेपाल र भारतको सम्बन्धमा नकारात्मक भूमिका खेल्नेहरु पनि छन् भन्ने टिप्पणी गरेकी थिइन् । भाजपा नेतृले नेपाल हिन्दू राज्य थियो र रहनेछ समेत भनेकी थिइन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget