अवैध यौन व्यबसाय संचालन गरेको आरोपमा चलचित्र निर्माता पक्राउ

काठमाडौँ :  ‘भेटी’ र ‘लफडा’ नामक दुई चलचित्रका निर्मातालाई प्रहरीले अवैध यौन व्यावसाय संचालन गरेको आरोपमा पक्राउ गरेको छ ।

आफ्नै रेष्टुरामा अवैध यौन धन्दा चलाएको भन्दै निर्माता किशोर चौधरीलाई चितवनको पिठुवा स्थित उनकै होटलबाट पक्राउ गरेर सार्वजनिक मुद्धा चलाइएको टाँडी प्रहरी इलाका कार्यालयका सई अमर नेपालले जानकारी दिए ।

सई नेपालका अनुसार निर्देशक चौधरीले युवतीहरु राखी केही समय यता देखि अवैध यौन व्यवसाय चलाउँदै आएका थिए ।

निर्माता चौधरीलाई पक्राउ गरेर थप अनुसन्धान सुरु गरिएपनि प्रहरीको प्रारम्भिक अनुमानले उनी गैरक कानुनी देह ब्यापारको नशामा लिप्त भएको निष्कर्ष निकालेको छ ।

चौधरीका ‘भेटी’ र ‘लफडा’ दुर्व चलचित्रले लगानी उठाउन असफल भएका थिए । चौधरीको परिवारले भने आरोप सत्य नभएको भन्दै खण्डन गरेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget