ओबामाले रोपेको रुखले उडायो भारतीय अधिकारीहरुको निन्द्रा

नयाँ दिल्ली, फागुन ११ – भारतको ६६ औँ गणतन्त्र दिवसको मुख्य अतिथीको रुपमा भारत भ्रमणको लागि गएका बाराक ओबामाले यात्राको क्रममा गान्धी स्मृति स्थलमा पीपलको बोट रोपेका थिए तर अहिले त्यो पीपलको बोट भारतीय अधिकारीहरुका लागि निकै ठूलो समस्याको रुपमा खडा भएको छ ।
वास्तवमा ओबामाले रोपेको पीपलको रुखले ती अधिकारीहरुले निन्द्रा नै उडाएको भन्दा फरक नपर्ला ।   खबरका अनुसार ओबामाले जब यो रुख रोपेका थिए तब यो निकै हरियो थियो र यसमा निकै धेरै पातहरु पनि रहेका थिए तर जतिजति दिन बढ्दै गयो त्यति नै यसको पातहरु झर्न थाले । अहिलेको अवस्थामा आइपुग्दासम्म यसको कुनै पनि पात बाँकी छैन । हुँदा हुँदा यो बोट बिस्तारै सुक्ने अवस्थामा छ । यद्यपी उनीहरु अझै यो बोट नमरेको बताउँछन् ।   ओबामाद्वारा रोपिएको हुनाले यो बोटले मिडियाको ध्यान केन्द्रित गर्ने नै भयो त्यसमाथि पनि यसको बिग्रदोँ अवस्थाका कारण अधिकारीहरुले मिडियासमक्ष थुप्रै प्रश्नहरुको जवाफ दिनुपर्ने स्थिती सृजना भएको छ । अधिकारीहरुका अनुसार आजकाल सबै रखको पात झर्ने अवस्था हो । त्यसकारण यो बोटको पनि पात झरेको छ । बोट बिस्तारै सुकेका कारण डराएका अधिकारीहरु यसको नियमित जाँच गरिरहेका छन् । यसको निगरानीमा लागिपरेका एक अधिकारीका अनुसार आउँदा १० दिनभित्र यो रुखमा फेरि मुना पलाउनेछन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget