उत्तरपूर्वी साउदी अरेबियामा सोमबार राति भएको एक सैनिक हेलिकोप्टर दुर्घटनामा चालकदलका चार सदस्यको मृत्यु भएको प्रतिरक्षा मन्त्रालयले जानकारी दिएको छ ।
सैनिकहरुलाई राति तालिम दिइरेहेको अवस्थामा सो दुर्घटना भएको जनाइएको छ ।
इराकी सीमादेखि एक सय किलोमिटर दक्षिणमा अवस्थित तालिम क्षेत्रमा सो दुर्घटना भएको साउदी समाचार समिति एसपीएले जनाइएको छ ।
यस दुर्घटनाको कारणका बारेमा केही बताइएको छैन ।
तर सो हेलिकोप्टरको दुर्घटनामा कुनै वाह्य कारण नरहेको र तालिम दिइरहेका बेला नै सो दुर्घटना भएको बताइएको छ । रासस/एएफपी
प्रकाशित मिति: मंगलबार, फाल्गुण ५, २०७१ भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Post a Comment