प्रचण्डमाथिको सुरक्षाको ग्यारेन्टी लिन्छुः गृहमन्त्री गौतम

आइतबार, फाल्गुण १०,
उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई असुरक्षित छु भनेर नडराउन आग्रह  गरेका छन् ।  गौतमले आइतबार गृह मन्त्रालयमा पत्रकारसँग कुरा गर्दै सरकारले पर्याप्त सुरक्षाको व्यवस्था गरेको भन्दै असुरक्षित महशुस नगर्न एमाओवादी अध्यक्ष दाहालसँग आग्रह गरेका हुन् ।

प्रचण्डले दुई दिन पहिले एउटा सार्वजनिक कार्यक्रममा आफ्नो ज्यान जोखिममा रहेको बताएका थिए। उपप्रधानमन्त्री तथा गृहमन्त्री गौतमले नेताहरुको सुरक्षा गर्न सरकारको दायित्व भएको भन्दै सरकारले एमाओवादी अध्यक्ष प्रचण्डमाथि कुनै किसिमको हमला हुन नदिने बताए।

गौतमले एमाओवादी लगायतका विपक्षी दलहरुसँग वार्ताका लागि आफूहरु चौविसै घण्टा तयार रहेको बताए । उनले जङ्गलदेखि हेलिकोप्टरसम्म एमाओवादीले जहाँ भन्यो त्यहिं वार्ताका लागि सरकार र सत्तारुढ दल तयार रहेको बताए।

सत्तारुढ नेकपा एमालेका उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री गौतमले एमाओवादी लगायतका विपक्षी दलहरु केही दिनभित्र वार्तामा नआए संविधानसभाको बैठक बोलाउन लगाइ दुई तिहाइ वहुमतको प्रक्रिया अगाडि बढाउने बताए ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget