डन पक्राउ पर्दा नेताहरुको रुवाबासी

मंगलबार, फाल्गुण ५,
राजधानीको ‘बुढो डन’ का रुपमा चिनिने राजु गोर्खालीले अझै भित्री रुपमा गुण्डागर्दी गर्दै आएको रहस्य खुलेको छ । उत बुधबार गुण्डागर्दीको आरोपमा प्रहरीले उनलाई पक्राउ गरी कडा चेतावनी दिएर छाडेको छ ।

रोयल क्लवमा राजीव लिम्बुको खुकुरी हानेर हत्या गरेको मुद्दामा नक्कली कागजपत्र पेश गरेका उनी तीन वर्षअघि जेलबाट छुटेका थिए । जेलबाट छुटेपछि भित्री रुपमा उनले आफ्नो धन्दा चलाउँदै आएको खुलेको छ ।

गतवर्षदेखि उनले जयनेपाल हलसंगै ६९ नामक रेष्टुरेन्ट चलाउँदै आइका छन । अधिवक्ता संजयराज अधिकारीसंग मिलेर उनले रेष्टुरेन्ट चलाउँदै आएका छन । सोही रेष्टुरेन्टले भाडामा लिएको जग्गाको विषयमा विवाद हुँदा उनलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो । रेष्टुरेन्ट परिसरको केही जग्गा धनीले खाली गराउन खोज्दा गुण्डागर्दी शैलीमा धम्क्याउन खोजेपछि उनलाई प्रहरीले पक्राउ गर्न खोजेको थियो ।

पक्राउ पर्दा देशका ठूला नेताहरुले समेत छुटाउनक लागि दौडधुप गरेको देखेपछि प्रहरी अधिकारीहरु अचम्ममा परेका थिए । स्रोतका अनुसार नाम चलेका नेता र सभासद मात्र होइन आफूलाई गुण्डागर्दी पिडित भएको बताउँने व्यपारीले समेत गोर्खालीको पक्षमा फोन गरेको समाचार दृष्टि साप्ताहिकले छापेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget