श्रीमानले यौनसम्बधका लागि जबरजस्ती गर्दा युवतीले गरिन् झुन्डिएर आत्महत्या

लहान, ५ फागुन । सिरहाको मिर्चैया नगरपालिकामा गएराति एक युवतीले झुन्डिएर आत्महत्या गरेकी छन् ।
घरमा कोही नभएको अवस्थामा राति करिब ९ बजे मिर्चैया नगरपालिका १० निवासी गणेशलाल साहकी श्रीमती २८ वर्षीया जमुना साहले आफ्नै घरको भर्‍याङमाथि झुन्डिएर आत्महत्या गरेकी हुन् ।
पासो लगाई झुन्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो । उहाँले श्रीमानले यौनसम्बधका लागि जबरजस्ती गरेकाले आत्महत्या गरेको हुन् सक्ने आशंका गर्नुभयो ।
शवपरीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खतिवडाले बताउनुभयो ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget