एक रातको १ लाख ८६ हजार पर्ने आठ कोठाको पाँचतारे होटल

फागुन ६
सुन्दा अचम्म लाग्न सक्छ, पाँचतारे होटलमा जम्मा ८ वटा मात्र कोठा । सामान्यतया पाँचतारे  होटल भन्नासाथ सयौं कोठा, पौडी पोखरी, क्यासिनो, चार–पाँचवटा रेस्टुरेन्ट, ठूला सम्मेलन कक्ष भएको भन्ने बुझिन्छ। तर, भुटानमा यसको ठिक उल्टो छ। यहाँ आठ कोठामात्र रहेका पाँचतारे होटल सञ्चालनमा छन्, त्यो पनि दुईवटा।
यहाँ रहेका अधिकांश तारे होटल तथा रिसोर्टले बढीभन्दा बढी पैसा खर्च गर्ने ‘गुणस्तरीय’ पर्यटकमात्र लक्ष्य गर्ने गरेका छन्। अमानकोरा जस्ता होटल तथा रिसोर्टमा पर्यटकलाई बास बस्नु चानचुने भने छैन।
भुटानमा रहेका  पाँचवटै अमानकोरा होटल तथा रिसोर्टमा जहाँ बसे पनि प्रतिरात प्रतिकोठा १ हजार ५ सय ५० अमेरिकी डलर (करिब १ लाख ५५ हजार रुपैयाँ) करबाहेक तिर्नुपर्ने अमानकोरा होटलकी असिस्टेन्ट लज म्यानेजर योसी कुबोटाले जानकारी दिइन्। यसमा १० प्रतिशत सेवा शुल्क र अर्को १० प्रतिशत करसमेत जोडिन्छ।
उनका अनुसार अमानले पारो, पुनाखा, फोब्जिखा र बुमथाङमा पनि पाँचतारे होटल तथा रिसोर्ट सञ्चालन गरिरहेको छ। ‘धेरै कोठा, धेरै रेस्टुरेन्ट, पौडी पोखरी वा क्यासिनो हुँदैमा पर्यटक ओइरिने होइनन्,’ कुबोटाले  भनिन्, ‘हामीले भुटान घुम्न आउने पर्यटकको मागअनुसार होटल सञ्चालन गरिरहेका छौं। हाम्रो होटलमा आउने कुनै पनि पर्यटकले अहिलेसम्म पौडी पोखरी वा क्यासिनो चाहियो भनेका छैनन्।’
अमानकोरा होटल तथा रिसोर्टमा अमेरिकी तथा बेलायती पर्यटक बढी आउने गरेको उनले बताइन्। कोठा शुल्कमा दिनको तीन पटक खाना पनि खुवाउने गरिएको उनले बताइन्। होटलमा स्पालगायत सुविधा भने छन्। होटलमा हरियो तरकारी र चिज स्थानीय उत्पादन तथा अन्य खाद्यपदार्थ थाइल्यान्डबाट आयात गरिन्छ।
भुटान पर्यटन परिषदका अनुसार २०१४ मा १ लाख १६ हजार २ सय ९ पर्यटकले भुटान भ्रमण गरेका थिए। तीमध्ये ५२ हजार ७ सयजना डलर खर्च गर्ने थिए।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget