चालक खलासी र एक जना मात्र भएको उक्त बसमा चढेको केही समय नबित्दै एक्ली राधालाई छेडखानी गर्दै तामाङले हातपात गर्न थाल्यो । गाडी रोक भन्दै चिच्याउन थालेपछि सिद्वकानिलतिर मोडिएर रोकियो । चालक पेम्वा तामाङ र अशोक कामी भन्नेले राधाको हातखुट्टा समाती मुख थुनी बलत्कार गरे । सुवास पद्धि चालक पेम्बा र अशोक कामीले पालैपालो बलत्कार मात्रै गरेनन् साथमा रहेको १ थान मोबाइल र १६ सय नदगसमेत लुटेर फरार भए भने राधाको ठिमी प्रहरीले बिहान ४ बजे उद्दार गरेको थियो ।
प्रहरीले तत्काल पीडित बालिकाको घरमा जानकारी गरायो । तर, कान्छी श्रीमतीको रत्ति वचन काट्न नसक्ने कमरेडको आफ्नी छोरी बलात्कृत हुँदासम्म मन पोलेन, कुनै वास्ता गरेनन् । आजको जनआस्थामा खबर छ । नातापाता इष्टमित्रले समेत वास्ता नगरेपछि जिल्ला अदालतमा मुद्दा दायर भयो । बलातकारीले आफ्नो कर्तुत सकारे पनि । अदालतले पेम्बा र सुवासको नाममा प्रतिवादी जोड्यो तर अर्का बलातकारी अशोक कामीलाइृ भने उन्मुक्ति दियो । सुवासका नाममा जिल्ला अदालत १० वर्ष कैद र ३० हजार जरिवाना ठोक्यो । पुनरावेदन अदालत पाटनले पनि फैसलालाई सदर गरिदियो ।
अदालतले पीडितको गोपनियतामा कुनै आँच नआउने गरी फैसला अविलम्व उपलब्धगराइदिनू भने पनि राधाले ३ वर्षसम्म कुनै जानकारी पाइनन् । घटनालाई बोकेको सिविरसँग पीडितले बुझ्दासमेत अब तिमीले यसमा किन चासो राख्नुपर्यो खरुखरु आफ्नो काम गर भन्नेजस्ता गैरजिम्मेवारपूर्ण जवाफ पाएपछि केही दिनअघि मात्रै अदालत पुगेकी उनले सुवासको नाममा त्यस्तो फैसला भएको जानकारी पाइन् ।
यता, बाबुले अर्की श्रीमती लिएर बसेपछि बेवस्ताजस्तै गरेकी राधा बलत्कारमा परिन् भने बाबु बितेको २ वर्ष पनि नबित्दै नाबालिका छोरीसहित धादिङ जिल्ला घर भई हाल भक्तपुर कटुञ्जे बस्दै आएका मंगल विकसँग दोस्रो घरजम गरेकी एक महिलाले १४ वर्ष छोरीलाई मंगलेले श्रीमती नभएको मौकामा छोरीलाई डर–धम्की देखाएर बलात्कार गरेका छन् । श्रीमती गर्भवती भएपछि यौनपिपासु विकले छोरीलाई कोठैमा करणी गरेका हुन् । पटक–पटक करणी गर्दै आए पनि आमा छोरीलाई मारिदिने धम्कीले आफू बलात्कृत भएको कुरा नचुहाएकी छोरीले पेट दुख्यो भन्न थालेपछि सूर्यविनायक मेडिकलमा गएर चेकजाँच गराउँदा पेटमा पाँच महिनाको गर्भ रहेको आमालाई जानकारी गराइन् ।
भड्केली छोरी बलात्कार गर्न मंगलेलाई जिल्ला अदालतले केही दिनअघि मात्रै ८ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना तोके पनि ज्याला–मजदुरी गरिखाने विकबाट तत्काल क्षतिपूर्ति दिन सक्ने अवस्था नदेखिएकोले पीडकको जायजेथाबाट पछि पुर्ताल गर्ने गरी महिला तथा बालबालिका मन्त्रालयबाट रकम उपलब्ध गराइएको छ ।
Post a Comment