केकी अधिकारी अहिलेकी चर्चीत नायिका हुन्। पछिल्लो पुस्ताकी सम्भावना बोकेकी नायिकाका रूपमा हेरिने केकी नेपाली रजतपटमा अहिलेसम्म विवादमा नआएकी थोरै नायिका मध्येमा पर्छिन्। स्वर, मसान, मायाको बारीमा, आइएम सरी लगायत चलचित्रमा अभिनय गरिसकेकी उनै अधिकारीसँग गरेको कुराकानी यस्तो छ।
भ्यालेन्टाइन डेबारे कहिले थाहा पाउनु भयो?
सानोमा त त्यती थाहा थिएन। होस्टेलमा बसेर पढ्थेँ। भ्यालेन्टाइन डे क्यालेन्डरमा पनि लेखेको हुँदैनथ्यो। कक्षा ९-१० मा पढ्दै गर्दा फेब्रुअरी १४ लाई भ्यालेन्टाइन डेको रूपमा मनाइन्छ भन्ने थाहा पाएँ।
भ्यालेन्टाइन डे को अवसर पारेर कसैले प्रपोज गरेका छन् कि छैनन्?
प्रपोज त आइरहन्छ। सामाजिक सञ्जालले यो युगमा मानिसहरूबीच सम्पर्क स्थापित गर्न सजिलो बनाइदिएको छ। यो उमेरमा मन पराएर प्रपोज गर्नु सामान्य नै हो। नर्मल केटीलाई त धेरै प्रपोज आउँछ। त्यसमाथि हामी त पब्लिक प्रोपर्टी भएकाले धेरैले चिनेका हुन्छन्। २१औ सताब्दीमा मन पराउनु, प्रपोज गर्नु सामान्य हो। अस्वभाविक हो जस्तो लाग्दैन। अहिलेसम्म धेरैले प्रपोज गरे। तर, भ्यालेन्टाइन डेकै दिनमा प्रपोज आएको छैन।
अहिलेसम्म कतिले प्रपोज गरे?
धेरैले प्रपोज गरेका छन्। तर मैले गनेको छैन। त्यसैले ठ्याक्कै यतिले प्रपोज गरे भनेर कसरी भनौ?
भ्यालेन्टाइन डे मा के छ स्पेसल प्लान?
एउटा स्पेसल मान्छेसँग घुम्ने, भ्यालेन्टाइन मनाउने भन्ने छैन। कतै घुम्न जाउँ भन्ने सोँचमा छु। विशेष केही काम परेन भने त्यो दिन घुमघाम गर्छु।
भ्यालेन्टाइन डेले विकृति ल्यायो भन्छन् नि?
भ्यालेन्टाइन डे मायाँ बाँड्ने दिन हो। संसारमा घृणा फैलिरहेको छ। कम्तिमा एक दिन भए पनि मानिसले माया बाँढ्नु त राम्रै कुरा हो। माया बाँडेर भ्यालेन्टाइन मनाऔं। यसमा विकृति ल्याउनु हुँदैन। आजको कारोबारले गरेको कुराकानी
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Post a Comment