२१ वर्षीया यी सुन्दरीको बलात्कृत हुने चाहना .!

११ फागुन । बलात्कार,त्यसो त यो नेपालको पनि जटिल समस्या हो । तर भारतमा यो समस्या अझ बढी छ । कतिसम्मभने तीन वर्षको बालिकादेखि ९० वर्षकी हजुरआमासम्म बलात्कारीहरुको शिकार बन्दै आएका छन् । धेरैले त ज्यानैसम्म गुमाएका पनि छन् । यस्ता कुकर्ममा संलग्नहरुलाई फाँसीको सजायँको व्यवस्था पनि नभएको होइन । तर पनि बलात्कारको समस्या ज्यूँका त्यूँ नै छ । किन भने सामाजिक चेतना नआएसम्म यस्ता कुकृत्यहरुमा कमी आउँदैन ।
यसबारेमा सर्वसाधारणलाई सचेत बनाउँनका लागि राज्य र गैरसरकारी निकायले खर्बौं रुपैयाँ खर्चेका पनि छन् । यसैबीच मुम्वईमा रहँदै आएकी एक युवतीले भने बलात्कारका विरुद्ध सामाजिक चेतनाका लागि नयाँ र अनौठो माध्यम अपनाएकी छिन् । २१ वर्षीय माधुरी देसाइ नामक यी युवतीले युट्युबमा एक भिडियो अपलोड गर्दै बलात्कार र पुरुषार्थ गरेको ठान्ने मर्दहरुलाई आफूलाई आएर बलात्कार गर्न खुल्ला च्यालेञ्ज गरेकी छिन् । उनी भन्छिन्–’म राम्री छु,तरुनी हूँ र कम कपडामा छु । आऊ मेरो बलात्कार गर । व्यर्थमा बजारमा तरकारी किन्ने जाने,पढ्न वा काम गर्न जाँदै गरेका अथवा मजदुरी गर्दै गरेका अवोध युवती,महिलाहरुको तिमी किन बलात्कार गर्छौ रु’
भिडियोमा उनी अगाडि भन्छिन्–’घरको कौसीमा लुगा धुँदै गरेकी,हतारमा बस चढ्दै गरेकी महिला र युवतीको अलिकति क्लिभेज देखेर उत्तेजित भई बलात्कार गर्न तम्सने तिम्रा बाबुलाई भन मेरो बलात्कार गर । म क्लिभेज मात्र होइन,चाहिने भन्दा बढी नै देखाइदिन सक्छु । तिम्रो बुवासँगै तिमी पनि आऊ र मेरो बलात्कार गर ।’
देसाईको यो भिडियोले भारतीय समाजमा बढ्दो कलुषित मानसिकताका विरुद्ध तीव्र व्यंग्य गरेकी छिन् । उनको यो विरोध र जागरणको शैली धेरैले मन पराएका छन् । पेशाले मोडल माधुरीको यो भिडियो अहिले भाइरल जस्तै बनेको छ । –एजेन्सी
यस्तो छ अपलोड गरेको भिडियो :
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget