किशोरावस्थाको कम निद्राले यसरी बिगार्छ भविष्य

एजेन्सी । शोधकर्ताहरुका अनुसार किशोर अवस्थामा कम सुत्दा मदिरा, ड्रग्स र सेक्स सम्बन्धी गलत व्यवहारको शिकार हुने खतरा रहन्छ ।


 अमेरिकी बैज्ञानिकहरुले गरेको शोधमा कम सुत्ने किशोर राम्रो निद्रा पुगेका किशोरको तुलनामा भविष्यमा गलत आचरणको शिकार हुने सम्भावना बढी रहन्छ ।
 शोधकर्ताहरुका अनुसार आमाबाबुले किशोरावस्थाका छोराछोरीको विशेष ख्याल राख्न आवश्यक छ। शोधकर्ताहरुले ‘अल्कहोलिज्मः

 क्लिनिकल एण्ड एक्सपेरिमेन्ट रिसर्च’ जर्नलमा लेख्दै अमेरिकाका ६,५०० भन्दा बढी किशोरका विषयमा विश्लेषण गरेर यो निष्कर्ष निकालेका हुन्। उनीहरुले सन्. १९९४ देखि २००२ बीचका सुत्ने बानी, मदिरा र ड्रग्स सेवनमा सर्भे गरेर यो निष्कर्ष निकालेका हुन्। पर्याप्त निद्रा नलिनेहरु यो सर्भेमा मदिरा र ड्रग्सको तलमा लाग्ने सम्भावना रहन्छ । यस्ता किशोर जो सातामा एकपटक मात्र सुतेका थिए, उनीहरु मदिरा, ड्रग्स र सेक्सजस्ता व्यवहारमा बढी लिप्त पाइएको अध्ययनमा उल्लेख छ।


 अध्ययनमा किशोर अवस्थामा पर्याप्त निद्रामा सुतेकाहरुमा यसको सम्भावना कम देखिएको थियो। एउटा अर्को शोधका अनुसार रातमा मस्त निद्रा लिने व्यक्तिहरु सही निर्णय गर्ने क्षमतामा पनि अब्बल हुने गर्दछ
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget