श्‍वेता सिंहको हनिमुन: शारीरिक सम्बन्धले पूर्णताको अनुभूति

१० वर्षअघि माघ महिनामा हाम्रो विवाह भएको हो। लगभग दुई वर्षको प्रेमसम्बन्ध थाहा पाएपछि परिवारले हामीलाई थाहै नदिई विवाह तय गरिदिएको थियो। विवाहको पाँच महिनापछि हनिमुनका लागि थाइल्यान्ड गयौं।

मभन्दा अगाडि विवाह गर्नुभएका दुई जोडी जेठाजुजेठानी पनि हनिमुन जानुभएको थिएन। त्यसैले हामी तीन जोडीसँगै हनिमुन गयौं। तर खास योजनाबिनै थाइल्यान्ड गयौं। त्यहाँ पुगेरमात्र होटेलको व्यवस्था गरेका थियौं।


विवाहपछि प्रेमी (विकास सिंह) लाई श्रीमान्‌को रूपमा अँगालेकी हुँ। विवाहपछि धेरै जिम्मेवारी महसुस ग:यौं। प्रेम गर्दा भावनात्मक रूपमा एक थियौं। विवाहपछि शारीरिक रूपमा पनि एक भयौं।
प्रेम गर्दा भावनात्मक रूपमा एक थियौं भने विवाहपछि शारीरिक रूपमा पनि एक भयौं। शारीरिक सम्बन्धले नारीलाई वास्तवमै पूर्णताको अनुभूति गराउँछ।
यसले मलाई पूर्णताको अनुभूति गरायो। शारीरिक सम्बन्धले नारीलाई वास्तवमै पूर्ण बनाउँछ। हामी दुवैजना बाहिरी रूपमा त्यत्ति रोमान्टिक देखिँदैनौं। तर एकअर्कालाई असाध्यै माया गर्छौं। हनिमुनका बेला समूहमा घुम्दा पनि निकै रमाइलो अनुभूति भयो।

स्कुटर भाडामा लिएर घुम्न निस्केका थियौं। पानीजहाजमा घुम्यौं। समुद्र किनारमा घुम्नुको मजा बेग्लै हुन्थ्यो। त्यहाँका सफा र सानदार सडकमा खानेकुरा खान पनि त्यत्तिकै रमाइलो लाग्थ्यो। बैंककमा किनमेल पनि त्यतिकै भयो।

हनिमुन यसै पनि जीवनको महत्त्वपूर्ण क्षण हो। तर हनिमुनका बेला दु:ख पाएका कुरा पनि याद आउँछन्। मलाई 'सी फुड' को एलर्जी थियो। त्यहाँको सफासुग्घर वातावरणमा केही हुँदैन होला भनेर खाइहालेँ।

पहिलो दिनमै एलर्जी भएर अनुहार सुन्‍नयो। अर्को कुरा १० दिनपछि घर फर्कने दिनमा होटेलको कोठामा राखेको मेरो गहना चोरी भएछ। 'इन्गेजमेन्ट रिङ'लगायतका सबै गहना चोरी भएकाले अन्तिम दिन साह्रै खल्लो र नरमाइलो भयो। हनिमुन यात्राका क्रममा सँगालेका शारीरिक, मानसिक सम्पूर्ण रमाइलोलाई त्यसले खल्लो बनाइदियो।
विवाह भएको १० वर्ष पूरा भएको अवसरमा केही दिनअघिमात्रै हामी दुईजना नगरकोट गयौं। त्यहाँ निकै रमाइलोसँग समय बितायौं। कहिलेकाहीँ श्रीमान् श्रीमतीलाई यस्तो समय आवश्यक पर्ने रहेछ। 

संयुक्त परिवारमा भएकाले धेरैजसो समय हामी परिवारकै साथमा हुन्छौं। परिवारका साथमा रहँदा रमाइलो पनि लाग्छ। विवाह भएको १० वर्ष पूरा भएको अवसरमा केही दिनअघिमात्रै हामी दुईजना नगरकोट गयौं। त्यहाँ निकै रमाइलोसँग समय बितायौं। कहिलेकाहीँ श्रीमान् श्रीमतीलाई यस्तो समय आवश्यक पर्ने रहेछ।

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget