नयाँ दिल्ली, माघ २० – खाना बनाउने क्रममा श्रीमतीको टाउकोबाट घुम्टो झरेर रिसाएका श्रीमानले श्रीमतीलाई नराम्रोसँग पिटेर उनको टाउकोको कपाल खौरेर पूरै बजार घुमाउने श्रीमान् विरुद्ध पुलिसले रिपोर्ट दर्ता गरेको छ ।
पुलिसका अनुसार भारतका मुन्ना चौहान नामका एक व्यक्तिले केहि समय पहिले एक महिलासँग विवाह गरेका थिए । श्रीमतीको सुन्दरताका कारण मुन्ना उनीमाथि शंका गर्न थालेका थिए र श्रीमतीलाई थुप्रै प्रकारको बन्देज लगाउँदै आएका थिए । गत आइतबार मुन्ना कामबाट अबेर घर फर्कदाँ उनकी श्रीमती खाना बनाउँदै थिइन् । खाना बनाउने क्रममा उनको घुम्टो टाउकोबाट झर्यो । घुम्टो झरेको देखिरहेका मुन्नाले त्यसपछि श्रीमतीलाई नराम्रोसँग पिटे । यति गर्दा पनि उनको रिस शान्त भएन र श्रीमतीको कपाल खौरदैँ उनले पूरै गाउँ घुमाए । गाउँभरी श्रीमतीलाई यसरी घुमाइँदा पनि त्यहाँका मानिसहरु भने हेरेर मात्र बसेको बताइएको छ । सोमबार जब उक्त घटनाको जानकारी पुलिसलाई भयो तब उनीहरुले मुन्ना बिरुद्ध रिपोर्ट दर्ता गरेका छन् । स्रोतः वान इन्डिया
Post a Comment