काठमाडौं माघ । संविधानसभामा विभिन्न गम्भीर विषयका साथै सामान्य शिष्टाचारसम्बन्धी विषयमा समेत रोचक बहस हुने गरेका छन् । यसैवीच एक बैठकमा प्रधानमन्त्री र मन्त्रीहरुलाई कतिपटक नमस्कार गर्ने भन्ने बारेमा पनि छलफल भएको छ ।
साना दलका सभासदले भनेका छन् आफूहरुको सिट बाटोमा रहेको र प्रधानमन्त्री, मन्त्री लगायत ठूला दलका नेताहरु आउँदा-जाँदा उठेर नमस्कार गर्दैमा हैरान भएको गुनासो गरेका छन् ।
सभासद हरिचरण साहले पनि प्रधानमन्त्री र मन्त्रीहरुलाई उठेर नमस्कार गर्दैमा आफू हैरान भएको बताएका थिए ।
प्रधानमन्त्री, मन्त्री र ठूला दलका नेताहरु बैठक चलिरहेका बेला वीचमा प्रवेश गर्ने र वीचैमा उठेर जाने गरेकाले साना दलका सभासदहरुले पटक-पटक उभिएर नमस्कार गर्ने गरेको सभासद साहले बताएका थिए । शीर्ष नेताहरु ट्वाइलेट जानका लागि आफ्नो अगाडिबाट हिँड्दासमेत नमस्कार गर्नुपरेको भन्दै सभासद साहले एक बैठकमा सभामुख नेम्वाङलाई सोधे- ‘हामीले कतिपटक नमस्कार गर्नुपर्ने हो सभासध्यक्ष ज्यू ?’जवाफमा सभाध्यक्ष नेम्वाङले सबै सभासदहरुको समान हैसियत भएकाहले कोही आफ्नो अगाडिबाट हिँड्दैमा उसलाई नमसकार गरिरहनु नपर्ने र चुपचाप आफ्नो सीटमा बसे हुने जवाफ दिएका थिए ।
‘प्रधानमन्त्री वा मन्त्रीहरु ट्वाइलेट जाँदा वा भित्र-बाहिर ओहोर-दोहोर गर्दा कसैले पनि उठेर नमस्कार गरिरहनुपर्दैन ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Post a Comment