शिवरात्रीको पूर्वसन्ध्यामा वासिङ्टनस्थित हिन्दु मन्दिरमा आक्रमण

अमेरिकाको राजधानी वासिङ्टनमा एक हिन्दु मन्दिरमा आक्रमण भएको छ । मन्दिरमा आक्रमण गरेर मन्दिरमा “Get Out” अर्थात 'भागी हाल' लेखिएपछि यस विषयमा अनुसन्धान गर्न अधिकारीहरुले निर्देशन दिएका छन् ।

सिएटल महानगरपालिका क्षेत्रमा रहेको उक्त मन्दिमार अज्ञात समूहले आक्रमण गरेर स्वस्तिक चिन्ह सहित भागी हाल लेखेपछि त्यहाँका हिन्दु समुदायमा आतंक फैलिएको छ ।


त्यसैगरी नजिकै रहेको एक विद्यालयमा भने स्वस्तिक चिन्ह सहित मुस्लिम गेट आउट अर्थात मुस्लिम भाग भनेर लेखिएको छ ।

शिवरात्रीको पूर्वसन्ध्यामा यस्तो आक्रमण भएपछि यसले अमेरिकामा हिन्दुहरुप्रति घृणा फैलाउने प्रयास शुरु भएको चर्चा समेत चलेको छ । अमेरिकामा रहेको हिन्दु अमेरिकन फाउण्डेसन एचएएफले घटनाको निन्दा गरेको छ ।

गत अगष्टमा पनि अमेरिकाको फिलाडेल्फियास्थित शिवको मन्दिरमा रहेको मुर्तिमा कालो पोतिएको थियो ।
भारतमा कतिपय इसाइ चर्चमाथि आक्रमण भएको बदलास्वरुप यस्ता घटना भएको अनुमान गरिएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget