एक अनलाईन सुरक्षा अनुसन्धानकर्ताले केवल चार लाइन कोडबाट फेसबुकमा सार्वजनिक भएको फोटोहरू हटाउन सक्ने त्रुटि पत्ता लगाए।
फेसबुकको याप्स डेभलप गर्ने 'ग्राफ ए.पि.आई' टूल प्रयोग गरिरहँदा भारतीय अनुसन्धानकर्ता 'लक्ष्मण मुथिया'ले यो त्रुटि पत्ता लगाएका हुन्।
1
आफ्नै फोटोहरूलाई कोडबाट नियन्त्रण गर्ने क्रममा आफ्नो एउटा फोटो हटेपछि उनले आफ्नो ब्लगमा यस्तो लेखेका थिए।-'यदि तपाईँको फोटोहरू तपाईँले थाहा नपाउने गरि हट्यो भने के गर्नुहुन्छ?"
"मैले तपाईँहरूको फेसबुकमा सार्वजनिक भएका फोटोहरू हटाउन सक्ने उपाय पत्ता लगाएँ।"-मुथियाले भने।
यस्तो त्रुटि पत्ता लगाउने बित्तिके उनले फेसबुकको सुरक्षा समूहलाई खबर गरिसकेका थिए। फेसबुकले यस्तो खबर पाउने बित्तिकै केहि क्षणमै त्यो त्रुटिको समाधान गरिहाले। अझसम्म त्यो त्रुटिको कुनै पनि दुरुप्रयोग नभएको र कसैको फोटोहरू पनि नहटाईएको फेसबुकले बताएका थिए।
"यस्तो त्रुटि पत्ता लगाएको अनुसन्धानकर्तालाई हामी धन्यवाद दिन चाहन्छौँ"-फेसबुक टिमले भने, "कुनै पनि त्रुटिलाई सार्वजनिक गर्नुभन्दा अगाडि हामीलाई त्यो कुराको जानकारी गराउनुभएमा र कुनै पनि निजी डेटाहरूलाई उथलपुथल गराउनुभएको छैन भने हामी तपाईँहरूलाई कारवाही वा कुनै पनि अनुसन्धान गर्ने छैनौँ।
यसरी सुरक्षा क्षेत्रमा केहि कुरा पत्ता लगाएर त्यो सूचनाको दुरुपयोग गरेन र समाधानको कोसिस गर्ने व्यक्तिहरूलाई 'व्हाइट ह्याकर' (White Hacker) भन्ने गरिन्छ। र फेसबुकले यस्ता ह्याकरहरूलाई इनामको व्यवस्था पनि गरेका छन्। फेसबुकले मुथियालाई १२,५०० अमेरिकी डलर इनाम दिएको सन्देशको तस्विर उनले आफ्नो ब्लगमा राखेका थिए।
Post a Comment