एजेन्सी– महिला–पुरुष मानव सृष्टीका दुई जाती हुन्,जसको अभावमा यो दुनियाँ चल्न सक्दैन । अर्थात एक बिनाको मानव उत्थानको परिकल्पना सायदै गर्न सकिन्छ । एकआपसमा अन्योन्याश्रित सम्बन्ध राख्ने यि दुई जातिबीच कतिपय यस्ता आनीबानीहरु हुन्छन्, जुन पुरुषलाई मन पर्दा महिलालाई मन पर्दैन भने महिलालाई मन पर्दा पुरुषलाई मन पर्दैन । यहाँ अहिले त्यस्तै महिलाले बारबार गरिरहने तर पुरुषले फिटिक्कै मन नपराउने महिलाका साझा १०
आनीबानीका बारेमा चर्चा गरिएको छ ।
जुन निम्न प्रकारका छन्ः १.महिलाहरु आफ्नो सौन्दर्य प्रति अति नै चिन्तित हुन्छन् । कतिसम्म भने उनीहरु आफ्नै सौन्दर्यप्रति समेत विश्वस्त हुन सक्दैनन् । कारण,महिलाहरु बारबार आफ्नो सौन्दर्यताको निगरानी गरिरहन्छन् । उनीहरु कुनै पुरुषसँगको भेटघाट या बाहिर कतै गएर आएपछि तत्काल आफुलाई ऐना छेउमा दाज्न पुर्याइहाल्छन् । जुन पुरुषलाई पटक्कै मन पर्दैन ।
२. अधिकांश महिलाहरु आफ्नो पर्समा मेकअपका सामाग्रीहरु राख्न छुटाउँदैनन् । जव पार्टी वा अन्य भेटघाटमा जानै पर्नै हुन्छ त्यतिबेला उनीहरुले कम्तीमा पनि दश पटक अनुहार चम्काउने पाउडर दल्छन् र नखरा पार्छन । त्यसपछि गाडीमा बस्दा होस् या उठ्दा,हरेक पटक आफ्नो अनुहारमा मेकअप गर्नैपर्छ । महिलाले पटक पटक दोहोर्याउने यस्तो हर्कतले पुरुषलाई महिलाले कहिल्यै नचिताएको सास्ती दिन्छ । ३.महिलाहरु खित्का छाडेर हास्न मन पराउँछन् । उनीहरु कैयौं तरिकाबाट खित्का छाड्छन । हास्नु राम्रो कुरा पनि हो । तर कतिपय बेला उनीहरुले दिने हाँसोले पुरुषको रिसको पारोलाई ह्वात्तै तत्काउने गर्छ । जव आफुले गरेका गल्ती ढाक्न या लुकाउनका लागि उनीहरुले हाँसेर टार्ने प्रयास गर्छन,त्यतिवेला प्रायः पुरुषलाई उनीहरुप्रति निकै रिस उठ्ने गर्छ । ४. धेरैजसो महिलाहरु बेतुकका कुराहरुलाई पनि उठाइरहन्छन् । उनीहरुले बारबार उठाउने यस्ता बेतुकका कुराहरु पुरुषलाई मन पर्दैन । उनीहरु के म मोटी छु,मेरो सौन्दर्य कस्तो छ,मलाई मानिसहरुले कसरी लिन्छन् जस्ता कुराहरु बारबार निकालेर पुरुषलाई हैरान बनाउँछन् । तर यस्ता कुरालाई बाहियात र मामुली ठान्ने पुरुषलाई उनीहरुको यस्तो बानीले दिक्दारीको उचाइमा छाडिदिन्छ । ५.प्रायः महिलाहरु ठुला झोला बोक्न मन पराउँछन् । तर पुरुषहरुलाई उनीहरुले बोक्ने त्यस्ता ठुला झोलाहरुले उनीहरुप्रति दिक्दारी बढाउने काम गर्छ । अर्कातर्फ पुरुषहरुलाई उनीहरुले बोक्ने ठुला झोलाहरुमा के छ भन्ने जिज्ञासा पलाउँछ, र केटीले बोक्ने त्यही झोला केटाहरुका लागि रहस्यको पोको हुन्छ । तर उनीहरु अक्सर जिज्ञासा मेटाउन असफल हुन्छन् । जसले गर्दा उनीहरुलाई केटीले बोक्ने त्यस्ता झोला प्रति बितृष्णा जाग्छ । ६. महिलाहरु सरसफाइमा बिशेष ध्यान दिन्छन्् । सरसफाइमा ध्यान दिनु उत्तम करा पनि हो । तर कतिपय बेला उनीहरु अनाबश्यक सरसफाइका काममा लागेर पुरुषलाई सताउने सम्मका काम गर्न समेत पछि पर्दैनन्,जसले पुरुषको दिमाग खराव गराउँछ । ७. महिलाहरु पहिरनका निकै नै सौखिन हुन्छन् । कतिसम्म भने उनीहरु दिनमै कयौं पटक आफ्ना पोशाक परिबर्तन गर्न उत्सुक देखिन्छन् । सम्भव भएमा उनीहरु घन्टा–घन्टामै आफ्नो पहिरन फेर्न खोज्छन् । ८. महिलाहरु यदि कसैले उनीहरुको इच्छाविपरितको काम गर्न खोज्यो भने उल्टो प्रतिक्रिया दिने स्वभावका हुन्छन् । उनीहरु त्यस्तो बेला आफुलाई लागेको भन्दा उल्टो कुरा गर्छन र भित्रभित्रै जल्छन् । जुन बानी पुरुषलाई मन पर्दैन । ९. महिलाहरु एक आपसमा भेटिए भने आत्मिय सम्बन्ध रहे जस्तो गरी प्रस्तुत हुन्छन् । जो कोही पुरुषलाई उनीहरुको त्यस्तो मेलमिलाप देखेपछि लाग्दैन कि उनीहरु एक अर्काकोप्रति बैरभाव राख्छन् । तर यथार्थ त्यस्तो हुँदैन । जब उनीहरु छुट्टिन्छन् या एकै ठाउँमा हुँदैनन्,एक अर्काप्रति अत्यन्तै नकारात्मक रुपले प्रस्तुत हुन्छन् । साथीका नकारात्मक बानीहरुलाई अर्को दोस्रो साथीसँग बसेर मजाक गर्ने गतिलो मसला बनाएर उनीहरु आनन्द लिन्छन् । महिलामा हुने यो बानीले महिलाप्रतिको पुरुषको आकर्षणलाई कमजोर बनाइरहेको हुन्छ । महिलामा हुने अर्को नराम्रो बानी भनेको अरुको डाहा गर्ने पनि हो । उनीहरु आफुले गर्न नसकेका वा हासिल नगरेका उपलब्धी कसैले हासिल गरेमा यति छिटो जल्छन् कि उनीहरुलाई शिघ्र त्यस्तो प्राप्ती हुनैपर्छ । सहकर्मीले किनेका नयाँ गरगहना र पहिरनदेखि आर्थिक उपलव्धीका कैयन विषयले उनीहरुलाई निकै नै जलाउने गर्छ,जुसलाई पुरुषहरुले मन पराउन त परै जाओस् सुन्न समेत चाहदैनन् ।
Post a Comment